अन्तर्राष्ट्रिय३८ हजार नेपाली नक्कली नोटसहित दुई पक्राउ

३८ हजार नेपाली नक्कली नोटसहित दुई पक्राउ

वीरगंज, १ मंसिर ।

वीरगंजको घण्टाघर नजीकै रहेको खुद्रा कपडा पसलमा कपडा किन्ने दुईजनालाई नक्कली नोटसहित पर्सा प्रहरीले पक्राउ गरेको छ ।

३८ हजार नेपाली नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । चाडबाडको मौका छोपी नेपाली जाली नोटको कारोबारमा भएको सूचनाको आधारमा प्रहरीले दुईजना जनालाई पक्राउ गरेको हो । बाराका उमेश कुमार र पर्साका रिषि पटेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । दुबै जनालाई घण्टाघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथ एक हजारको ३८ वटा नक्कली नोट बरामद भएपछि खोटा चलन सम्बन्धी मुद्दा अन्तर्गत म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख कोमल शाहले जनाए।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

यसैगरी वीरगंज–१४ गण्डकबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । वीरगंजबाट परवानीपुरतर्पm जाँदै गरेकोना.२१ प ४५८६ नम्बरको मोटर साइकलमा सवार बारा, परवानीपुर गाउँँपालिका–४ बस्ने वर्ष ३५ वर्षीय ध्रुव रामलाई साढे ६ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।

रामले मोटरसाइकलको लुकिङ ग्लासमा लगाएको कालो रंगको रबरको खोलभित्र सेतो प्लाष्टिकमा खैरो हेरोइनसहित पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...