अन्तर्राष्ट्रियघडिअर्वा छठघाटको तयारी पूरा

घडिअर्वा छठघाटको तयारी पूरा

छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगंजको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पुरा भएको छ ।

छठपूजा व्यवस्थापन समितिले शुक्रबार साँझ पत्रकार सम्मेलन गरि यस बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दिलिप साह कानुले छठघाटको व्यवस्थापन र सजावटको काम पुरा भएको जानकारी गराए । उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि करिब १५ लाख ४१ हजार रुपैया खर्च हुने अनुमान गरिएको बताए ।

टेण्टपण्डालमा ७ लाख ५१ हजार , परिसर बाहिरको बत्ती सजावटमा १८ हजार , भिडियो ग्राफीमा ३५ हजार , पुरस्कारमा ४ लाख २८ , सरसफाइमा ६० हजार रुपैया खर्च हुने समितिका सचिव लखनलाल कानुले जानकारी गराए ।

सुरक्षा उपसमतिका संयोजक मुन्ना साहका अनुसार , छठघाटमा ब्रतालु , दर्शनार्थी र भक्तजनहरुको सुरक्षा सहजताका लागि नेपाल प्रहरी , सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि १ सय १० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ५० जना स्वंयसेवक परिचालन गरिनेछ । यस्तै छठघाट परिसरमा २० वटा सिसिटिभी क्यामेरा जडान गरिएको साहले जानकारी गराए । सादा पोशाकमा पनि प्रहरी परिचालन गरिने उनले बताए ।

गत वर्षको छठमा छठघाट सजावट र ब्यवस्थापनमा १४ लाख ३५ हजार ३ सय खर्च भएको र आम्दानीबाट खर्च कटाएर ५ लाख १ हजार ४९५ रुपैयाँ बचतपनि भएको समितिका कोषाध्यक्ष तिलक साह कानुले जानकारी गराए। समितिका अध्यक्ष कानुको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व अध्यक्षहरु हिरा साह ,प्रेम साह कानु र मदन प्रसाद कलवर , वीरगन्ज १० का वडाअध्यक्ष सुशील साह कानु , समितिका उपाध्यक्ष राकेस साहकानु , कोषाध्यक्ष तिललक साह , घडीअर्वा स्पोर्ट क्लबका पूर्व अध्यक्ष सन्तोष कानु , सल्लाहकार गौरीशंकर गुप्ता लगायतकोपनि सहभागीता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...