अन्तर्राष्ट्रियबस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

१३ मङ्सिर, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ ।
धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो ।
मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ३४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये धनकुटा सागुरीगढी गाउँपालिका–८ का २८ वर्षीय विक्रम राई, ताप्लेजजुङ याङ्बरक–६ का २६ वर्षीय सचिन्द्र लिम्बु, धनकुटा सागुरी गाउँपालिका–७ का ४२ वर्षीय रामप्रसाद राई, सोही ठाउँका २८ वर्षीय बोगिन्द्र राई र ४५ वर्षीय टीकाराज राईको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये धनकुटा साँगुरीगढी–९ का ३८ वर्षीय सन्तोषकुमार राई, कास्कीको पोखरा महानगरपालिका–३१ का ४१ वर्षीय भोजराज सुनार, धनकुटा साँगुरीगढी–८ का ४८ वर्षीय जुनारसिंह राई, ४४ वर्षीय तीर्थबहादुर राई, ५० वर्षीय लक्षु राई, सहचलक कास्कीको पोखरा महानगरपालिकाका ३० वर्षीय अजित परियार, सप्तरी महादेव–६ का२५ वर्षीय शम्भु यादव, बस चालक प्यूठान सरुमहारानी–५ का २३ वर्षीय होमलाल पल्ली मगर, धनकुटा साँगुरी–७ बका ४५ वर्षीय हरिशचन्द्र राईलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै धनकुटा सावरी–७ का ३० वर्षीय हमालप्रसाद राई, सोही ठाँका २९ वर्षीय सन्दिप राई, ३५ वर्षीय लखमन राई, मोरङको विराटनगर महानगरपालिकाका २६ वर्षीय आशिष शर्मा, धनकुटा साँगुरीगढी–७ का ४५ वर्षीय सविन राई, सोही ठाउँका ३६ वर्षीय नरेन्द्र न्यौपाने, २९ वर्षीय विजय राई, ४१ वर्षीय मनिराज राई, सप्तरी महादेव–६ बस्ने २३ को विवजय यादव, १४ वर्षीय सुमन यादव, ४९ वर्षीय आश राई, ४६ वर्षीय तीर्थ राई, ४८ वर्षीय उदेश राई, ४२ वर्षीय सीताराम घाइते, ५२ वर्षीय शत्रुधन राई, २१ वर्षीय किरण राई, धनकुटा चौबिसे–७ का २४ वर्षीय सांसद लिम्बू, ४१ वर्षीय प्रशान्त राई, ४७ वर्षीय जयकुमारा राईको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । सप्तरी महादेव–६ का १५ वर्षीया प्रिती यादव भने डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १...

‘जनै हराएको मान्छे’ को पोस्टर सार्वजनिक

वीरगंज २२ असार । चलचित्र पत्रकार संघ नेपाल, पर्साले...

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...
neelambads

सिफारिस

बहुदरमाईमा डिप बोरिङ्गको पानीबाट राहत पाउँदै जनता, खानेपानी मन्त्रीले दिए थप १० थान बोरिङ्ग

असार, २९ वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाका विभिन्न गाउँहरूमा डिप बोरिङ्ग जडान भएसँगै स्थानीय बासिन्दाहरू खानेपानी अभावबाट राहत पाउन थालेका छन् । हालका दिनहरूमा परम्परागत...

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको...