समाचारन्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

काठमाडौं २० मंसिर । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित ‘ओमपाल गोल्ड शप’ का सञ्चालक पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।
पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो । त्यसको आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर सुन बरामद गरेको हो । केही सुन ढिक्कामा छन् भने केही गहना समेत प्रहरीले बरामद गरेको बताइएको छ ।
कार्यालयका एसपी रवीन्द्र रेग्मीले सुन कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए ।
यसअघि प्रहरीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो ।
यी तस्करी प्रकरणहरुबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ । समितिले अहिले यसअघिका सुन प्रकरणमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...