समाचारहलो जोतिरहेका पुरुष र गोरुको करेन्ट लागेर मृत्यु

हलो जोतिरहेका पुरुष र गोरुको करेन्ट लागेर मृत्यु

शनिबार, २३ मङ्सिर २०८०, रौतहट । रौतहटको माधवनारायण नगरपालिका ७ लौकाहामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिवार बिहान हलो जोतिरहेका स्थानीय बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भएको छ ।
लौकाहा गाउँ छेउको खेतमा हलो जोतिरहेका बेला खेतमै झरेको ११ हजार भोल्टको तारबाट बगेको करेन्ट लागेर पण्डित र गोरुको मृत्यु भएको प्रहरी इन्स्पेक्टर झलक शर्माले बताए । घटनाको खबर प्राप्त भएलगतै जिल्ला प्रहरी कार्यालय गौरबाट इन्स्पेक्टर शर्माको कमान्डमा पुगेका प्रहरी टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।
विद्युतको पोलबाट नाङ्गो तार खेतमा कसरी र कुन बेला झरेको हो अहिले यकिन भैनसकेको शर्माले बताए । ‘घटनाबारे विस्तृत अनुसन्धान गर्दैछौं, केही निष्कर्ष निस्किएपछि मात्र कारण थाहा हुन्छ’ उनले भने ।
अहिले घटनास्थलको मुचुल्का तथा मृतक पण्डितको शव पोस्टमार्टमका ल लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको इन्स्पेक्टर शर्माले जानकारी दिए। घटनास्थल रौतहटको सदरमुकाम गौरभन्दा करिब २० किलोमिटर पश्चिम पर्दछ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...