समाचारवीरगंज महानगरपालिकामा मेयर –उपमेयर पक्ष बीच दोहोरो झडप

वीरगंज महानगरपालिकामा मेयर –उपमेयर पक्ष बीच दोहोरो झडप

वीरगंज २६ मङ्सिर । वीरगंज महानगरपालिकामा मेयर र उपमेयर पक्षका कार्यकर्ताहरू बीच दोहोरो झडप भएको छ । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष उपमेयर पक्षका कार्यकर्ताहरूले कब्जा गर्न लाग्दा विवाद भई दोहोरो झडप भएको हो।
मेयर राजेशमान सिंहको नयाँ कार्यकक्ष निर्माण भएपछि मेयर सिंह नयाँ कोठा सरेका थिए भने मेयर सिंह बस्दै आएको कोठा प्रमुख प्रशासकीय अधिकृतलाई दिने र प्रमुख प्रशासकीय अधिकृत बस्दै आएको कोठामा पन्जिकाअधिकारीको कार्यालय राख्ने निर्णय भएको थियो तर उपमेयर इम्तियाज आलमका कार्यकर्ताहरूले पन्जिकाअधिकारीलाई दिने भनिएको कोठाको तला फोरेर कब्जा गर्न खोजेपछि मेयर राजेशमान सिंहको कार्यकर्ताले प्रतिबाद गरेपछि विवाद चर्केर दोहोरो झप भएको थियो ।
मेयर सिंह भने झडप हुनुभन्दा केही समय अगाडि कार्यालयबाट बाहिरिएका थिए भने उपमेयर आलम भने कार्यालयमा नै थिए । दुई पक्षबीच तीन पटक झडप भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाको नेतृत्वमा सयौको संख्यामा प्रहरी परिचालन गरेको थियो । प्रहरीले दुवै पक्ष माथि सामान्य बल प्रयोग गरेको थियो । प्रहरी परिचालन भएपछि स्थिति सामान्य भएको छ भने प्रहरीकै पहलमा त्रिपक्षीय वार्ता गरी समस्या समाधान गर्ने प्रयास भैरहेको छ ।
मेयर–उपमेयर पक्षबीच दोहोरो झडप भएपछि कर्मचारीहरू आतङ्कित हँुदा सम्पूर्ण प्रशासनिक काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकता विषयमा गृह मन्त्रालयको प्रतिवेदन कुरिराखेका छौँ

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

नागरिकको अधिकार बारे सजग गराउँदै कानूनको दायरामै ल्याएर काम गराउने तर्फ अग्रसर छौं

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाईले पत्रकार जियालाल साहलाई दिलाए धम्की

पौष, २० वीरगंज । सिधाकुरा डट कमका पर्सा संवाददाता...

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको...

सिफारिस

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको रजगज कुनै नौलो विषय हैन् । सिमानाकाबाट हुने अपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न...

बहुदरमाईमा १ करोड १९ लाखको चापाकलमा भ्रष्टाचार, नगरभसाबाट पुनः १ करोड ५० लाख बजेट बिनियोजन

कात्तिक, ९ वीरगंज । संघीयता कार्यन्वयनको एक चरण सकेर दोस्रो चरण चलिरहेको ढाई वर्ष हुन लाग्यो । आम नागरिकको प्रत्यक्ष जीवनसंग जोडिएको विकास निर्माणका...

२५ लाख मूल्य बराबरको चाँदीको गहनासहित दुईजना पक्राउ

वीरगंज, ९ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले २५ लाख मूल्य बराबरको १४ किलो चाँदीका गहनासहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार बिहान ८ः०० बजेको...