समाचारबारामा १५ कट्ठा गाँजाखेती फडानी, पर्साबाट छ किलो गाँजासहित एक पक्राउ

बारामा १५ कट्ठा गाँजाखेती फडानी, पर्साबाट छ किलो गाँजासहित एक पक्राउ

वीरगंज, २७ मंसिर । जिल्ला प्रहरी कार्यालय बाराले १५ कठ्ठा खेतमा लगाएको अबैध गाँजा खेती फँडानी गरेको छ ।
इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका वडा नं. ११ रतनपुर स्थित १५ कठ्ठा खेतमा अवैध रूपमा लगाएको गाँजाको १८ हजार बोटहरू फडानी गरी नरुट गरेको तथा गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको खोजतलास गरीरहेको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
यसैगरी पर्साको वीरगंजबाट छ किलो गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका– १६ नगवा फूलवारी टोल निवासी शेख सदामलाई पक्राउ गरेको हो ।
प्रहरीले सदामको घरमा उनी सुत्ने कोठाको खाट मुनी कालो रङ्गको प्लास्टिकको डब्बाभित्र लुकाई छिपाइ राखिएको साढे ६ किलो गाँजा र तौल गर्ने दुर्ई थान डिजिटल तराजु समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय, पर्सा प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
उनले आफनै घरमा अवैध तरिकाले लागूऔषध बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त उनलाई मङ्गलवार दिउँसो नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू...

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन...

मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

वीरगंज, २४ जेठ । वीरगंज महानगरपालिकाको मुर्लीचोक नजिक मोटरसाइकलको...

गोठबाट भन्सार छली चकलेट बरामद

वीरगंज २३ जेठ । भारतबाट अवैध रूपमा भित्र्याइएका चकलेट,...
neelambads

सिफारिस

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय तीन दिनका लागि...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले मंगलवार वीरगंज–१६ नगवा र नकटुवा गाउँमा छापामारी विद्युत् चुहावट गर्नेहरुमाथि कारबाही गरेको छ ।...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि प्रदर्शन गरेका छन् । ...