समाचारजीतपुरसिमराका वडाध्यक्ष कार्की पाँच लाख घूससहित पक्राउ

जीतपुरसिमराका वडाध्यक्ष कार्की पाँच लाख घूससहित पक्राउ

बारा, २ पुस । अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई सोमवार पाँच लाख नगद रकमसहित जीतपुरस्थित जैसवाल मिष्ठान्न भण्डारबाट पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडाका प्रवक्ता गोविन्दप्रसाद गौतमले सेवाग्राहीसंग रकम लिएको आरोपमा कार्कीलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । सिफारिस गर्नका लागि भन्दै सेवाग्राहीसंग रकम लिएको भन्ने आरोप छ’ गौतमले भने थप कुरा अनुसन्धानबाट खुल्नेछ । हामी अनुसन्धानको प्रक्रियामा छौं ।
वडाध्यक्ष कार्कीलाई सिमराका राजन उप्रेतीले उक्त रकम दिएका थिए । उप्रेतीले आफूसंग घरबाटो सिफारिसका लागि रकम माग गरेपछि अख्तियारको सहयोग लिएको बताएका छन् ।
वडाध्यक्ष कार्कीले भने आफूलाई नियोजितरूपमा फसाएको प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...