समाचारघूससहित पक्राउ परेका जीतपुरसिमराका वडाध्यक्ष कार्की निलम्बन

घूससहित पक्राउ परेका जीतपुरसिमराका वडाध्यक्ष कार्की निलम्बन

बारा ५पुस।। घर बाटो सिफारिसको क्रममा सेवाग्राहीसँग घुस रकम लिएको अभियोगमा जीतपुरसिमरा उपमहानगर वडा नं ३ का वडाध्यक्ष ताराबहादुर कार्की निलम्बन भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय काठमाडौँले वडाध्यक्ष कार्की पदमुक्त भएको विषयमा उपमहानगरलाई अति गोप्य पत्र मार्फत जानकारी गराएको हो ।
कार्कीलाई घर बाटो सिफारिसको लागि स्थानीय राजन उप्रेतीसँग ५ लाख नगद रकम लिँदै गरेको अवस्थामा अख्तियारको हेटौँडाको टोलीले जीतपुर स्थित जैशवाल होटेलबाट नियन्त्रणमा लिएको थियो ।
आयोगले कार्कीलाई सोमबार नगद रकम सहित नियन्त्रणमा लिएर सोही केन्द्रीय कार्यालय काठमाडौँ पठाएको हो । सोही दिनदेखि लागु हुने गरी आयोगले वडाध्यक्ष कार्कीलाई निलम्बन गरेको हो ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १६ (४) बमोजिम पुष २ गतेबाटै लागु हुने गरी विशेष अदालत काठमाडाैँबाट म्याद थप भई आएको र यसरी थुनामा रहेका व्यक्ती सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक भए आयोगको ऐन २०४८ को दफा १७ तथा भष्टचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम स्वतः निलम्बन रहने कानुनी व्यवस्था रहेको जानकारी गराईन्छ’ आयोगले उपमहानगरलाई पठाएको पत्रमा उल्लेख । कार्की वडाध्यक्ष पदबाट निलम्बन भएपछि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११६ अनुसार वडाध्यक्षको पद कुनै कारणले रिक्त भएमा वडा समितिका सदस्यहरूले आफूहरू मध्येबाट छनोट गरेको सदस्यले कार्यवाहक वडाध्यक्ष भई काम गर्नेछ भनी उल्लेख छ । साथै कुनै वडाको निर्वाचन नभएको अवस्थामा कार्यपालिकाले कुनै कर्मचारीलाई वडाध्यक्षको कार्य गर्ने गरी तोक्न सक्ने व्यवस्था छ ।
कार्यवाहक वडाध्यक्षका लागि सम्बन्धित वडा सस्य र कार्यपालिका बैठकबाट निर्णय हुन नसकेको अवस्थामा भने कार्यवाहक वडाध्यक्ष तोक्ने अन्तिम अधिकार नगरप्रमुखमा रहने कानुनी व्यवस्था छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाले भने कार्कीको मुद्दामा अनुसन्धान तथा अभियोजन लगायतको सम्पूर्ण काम केन्द्रीय कार्यालय टंगालबाट हुने भएकाले सबै फाइल पठाइसकेको जनाएको छ । सोमबार वडाध्यक्ष कार्कीलाई नगद ५ लाख रकम सहित आयोगको टोलीले नियन्त्रणमा लिने क्रममा कार्कीले सो रकम मन्दिर निर्माणका लागि लिएको बताएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा...

हरियाली प्रवद्र्धनका लागि वीरगंजमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २० असार । वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश...

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि...

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...
neelambads

सिफारिस

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा एकजना बङ्गलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको छ। वीरगंज–रक्सौलस्थित मितेरी पुल भएर...

हरियाली प्रवद्र्धनका लागि वीरगंजमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २० असार । वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति भरतपुर चितवन, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा वृक्षारोपण...

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरूबीच मंगलवार भएको छलफलमा लिखित प्रतिबद्धता जनाइएको छ । मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन...