समाचारपाँच वर्षदेखि बारा, रौतहटमा आतंक मच्चाउने सार्पसुटर सिंह कसरी पक्राउ परे ?

पाँच वर्षदेखि बारा, रौतहटमा आतंक मच्चाउने सार्पसुटर सिंह कसरी पक्राउ परे ?

वीरगंज, ११ पुस ।
विगत ५ वर्षदेखि बारा, रौतहट जिल्लामा आतंक मच्चाउंदै आएको सार्पसुटर भारतीय नागरिक सुजितकुमार सिंहलाई बारा प्रहरीले मंगलवार राति घुँडामा दुई गोली प्रहार गरी पक्राउ गर्न सफल भएको छ ।
आज जिल्ला प्रहरी कार्यालय, बाराले प्रेस विज्ञप्ति जारी गरी बारा र रौतहटमा विभिन्न अपराधिक घटनाहरुमा संलग्न रहेको आरोपमा भारत मोतीहारी जिल्ला छौडादानो पञ्चायत तिनकुनी बस्ने अन्दाजी ३२ वर्षिय सुजित कुमार सिंहलाई पक्राउ गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
प्रहरीले सूचनाको आधारमा भारतसंग सीमा जोडिएको बाराको विश्रामपुर गाँउपालिका वडा नं. ३ डम्पिङ साईट चेकजाँच गर्दा सुरक्षाकर्मी माथि सिंहले गोली प्रहार गरेको र प्रहरीले चलाएको गोलीबाट उनी घाइते भएको प्रहरी उपरिक्षक सुरेश काफ््लेले जानकारी बताए ।
उनको घुडा मुनी गोली लागेको र कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सिंहको साथबाट एउटा पेस्तोल र गोली प्रहार गरेको छ ।
गत कार्तिक १३ गते दिउंसै कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोडिङ स्कूलका सञ्चालक रुपेश सर्राफको सिंहले गोली प्रहार गरी हत्या गरेको प्रहरीको दावी छ । प्रहरीले यस घटनाकाण्डमा राधा गुप्ता, जालिम अख्तर, रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार, अभिनव कुमार सिंहलाई पक्राउ गरी पत्रकार सम्मेलन गरिसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...