समाचारपर्सा इलेभेनलाई हराउँदै पुलिसले उपाधि चुम्यो

पर्सा इलेभेनलाई हराउँदै पुलिसले उपाधि चुम्यो

वीरगंज, १४ पुस । प्रो क्लब च्याम्पियनपिसप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
वीरगंको नारायणी क्रिकेट रंगशालामा आज भएको फाइनल खेलमा पुलिस क्लबले पर्सा क्लब–११ लाई एक सय रनको फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । टस जिती पहिले ब्याटिड्ढो निर्णय लिएको पुलिस क्लबले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पर्साले भने ११ ओभरमै अलआउट हुनुअघि ४५ रनमात्र बनाउन सक्यो ।
पहिलो ब्याटिङ गरेको पुलिसका लागि करण केसीले अविजित ४० रनको योगदान गरे । उनले केवल १७ बलमा पाँच छक्का प्रहार गरेका थिए । अर्जुन साउदले पनि २६ रन बनाए । शंकर राणाले १९ रन जोडे । ओपनर दिलीप नाथले १७ रन बटुले । कप्तान आरिफ शेख १६ रनमा आउट भए ।
पर्साका बलर सफिउल्लाह अन्सारी र पवन सर्राफले दुर्ई–दुर्ई तथा रूपेश सिंह र रंजित कुमारले एक–एक विकेट लिए । जवाफी ब्याटिङ गरेको पर्साका लागि ओपनर अनिल शाहले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । उनले १३ रन बनाएका थिए ।
पुलिस क्लबका बलर सागर ढकाल एक्लैले चार विकेट लिए । ललित राजवंशी र रासिद खानले दुर्ई–दुर्ई विकेट हात पारे । करण केसी र शेर मल्लले एक–एक विकेट लिए ।
चर्चित लेग–स्पिनर सनदीप लामिछानेको कप्तानीमा पर्साको टोली फाइनलसम्म पुगेको थियो । तर, शनिवारको फाइनल खेल भने सनदीपले खेलेका थिएनन् । बलात्कार कसुरमा शुक्रवार जिल्ला अदालत काठमाडौंबाट दोर्षी करार भएका कारण उनले फाइनल खेल नखेलेका हुन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल ग¥यो । तेस्रो स्थानका लागि शनिवार नै खेलिएको खेलमा आर्मी क्लबले भारतको वन्डरर्स क्लब नोयडालाई ६ विकेटले हराउँदै तेस्रो स्थानमा हासिल गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...