समाचारसर्लाहीको बरहथवा नगरपालिकामा कर्फ्यू जारी

सर्लाहीको बरहथवा नगरपालिकामा कर्फ्यू जारी

मलङ्गवा (सर्लाही), २२ पुस : जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ ।
यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएको भन्दै कर्फ्यू जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार आज दिउँसो १२ः४५ देखि भोलि विहान ८ बजेसम्म पूर्वमा सितापुर जाने बाटोको ब्रम्हास्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती÷चोर्निया पुल सीमा निर्धारण गरी कर्फ्यू जारी गरिएको हो । उक्त क्षेत्रभित्र कुनै पनि किसिमको भेला हुन र बाहिर आवतजावत गर्न नपाइने कार्यालयले जनाएको छ ।
स्थानीयको प्रदर्शनमा गत शुक्रबार एक जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

प्रतियोगिता खेल्दै गरेका गोलकिपरको मृत्यु

बारा, २२ असोज । जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया खेल...

तस्करीको ट्रान्जिट बन्यो वीरगंजको छपकैया, असुलीमा अघोषित घुमुवा

वीरगंज, २२ असोज । चाडपर्वको मौका छोपेर वीरगंजको छपकैया...

लेखक तथा पत्रकार श्रीमन्नारायणको पुस्तक विमोचन

वीरगंज, २१ असोज । लेखक तथा पत्रकार श्रीमन्नारायणको पुस्तक...

सुत्केरी महिलाले नारायणी अस्पतालमा निःशुल्क रगत पाउने

वीरगंज, २१ असोज । वीरगंजको नारायणी अस्पतालमा सुत्केरी महिलाले...

चाडपर्वमा सतर्कता अपनाउन पर्सा प्रहरीको अनुरोध

वीरगंज, २१ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वमा...

खाने होइन वीरगंजको तात्तो रसिलो जिलेबी ?

वीरगंज, २१ असोज । नवरात्रिको नवौं दिनसम्म वीरगंजको घण्टाघरदेखि आदर्शनगर...

सिफारिस

प्रतियोगिता खेल्दै गरेका गोलकिपरको मृत्यु

बारा, २२ असोज । जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलिया खेल मैदानमा भेट्रान फूटबल प्रतियोगिताको फाइनल खेल खेल्दै गरेका गोलकिपरको अचानक मृत्यु भएको छ । महागढीमाई...

तस्करीको ट्रान्जिट बन्यो वीरगंजको छपकैया, असुलीमा अघोषित घुमुवा

वीरगंज, २२ असोज । चाडपर्वको मौका छोपेर वीरगंजको छपकैया र नगवा नाकाबाट तस्करी मौलाएको पाईएको छ । वीरगंजको छपकैया र नागवा नाकाबाट रातीको समयमा...

लेखक तथा पत्रकार श्रीमन्नारायणको पुस्तक विमोचन

वीरगंज, २१ असोज । लेखक तथा पत्रकार श्रीमन्नारायणको पुस्तक ‘बहुआयामिक महत्वको द्वीपक्षीय सम्बन्ध’को विमोचन गरिएको छ । आज वीरगंज महानगरपालिकाको ममता विद्या मन्दिरमा आयोजित...