समाचारभारतीय चल्ला ओसारपसार गर्ने सवारी साधन भन्सार चलान

भारतीय चल्ला ओसारपसार गर्ने सवारी साधन भन्सार चलान

वीरगंज, २५ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले भारतीय कुखुराको चल्लाको नष्ट गर्नुको साथै ओसार पसार गर्ने सवारी साधन भंसार बुझाइएको जनाएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं.२१ डकैलाबहुअरी सडकखण्डमा भारतबाट नेपाल तर्फ अवैध रूपमा ना.६ प ७६७२ र नम्बर उल्लेख नभएको मोटरसाइकलमा चल्ला ४२०० गोटा ल्याउदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि तस्करहरु सवारी साधन छाडेर फरार भएको जिप्रका, पर्साले जनाएको छ । प्रहरीले बरामद चल्ला पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सिया मार्फत तिलावे खोलाको बगरमा खाल्डो खनेर नष्ट गरेको जनाएको छ ।
त्यसैगरी पुस २४ गते पक्राउ भएको भारतीय कुखुराको चल्ला ३८०० र ओसारपसार गर्ने दुईवटा मोटरसाइकललाई वीरगंज भन्सार कार्यालय बुझाएको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...