समाचारवीरगंजमा माघी महोत्सव भव्यरुपमा मनाउने तयारी

वीरगंजमा माघी महोत्सव भव्यरुपमा मनाउने तयारी

वीरगंज, २९ पुष । वीरगंजमा थारू समुदायले माघे संक्रान्ति भव्यरुपमा मनाउने तयारी गरिएको छ । माघी समारोह आयोजक समितिले आइतवार वीरगंजमा पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो ।
थारुहरुको नयाँ वर्ष खिँचडी अर्थात माघी पर्ब सोमवार वीरगंजको पूरानो बसपार्कमा माघी समारोह आयोजना गरिने भएको छ । थारू समुदायको नयाँ वर्ष थारू सम्वतः २६४८ को शुभकामना आदानप्रदान, भाषा तथा सास्कृंतिक कार्यक्रमसमेत गरिने समितिका संयोजक शेखर चौधरीले बताए ।
सोमवार माघ १ गते बिहान वीरगंजको घण्टाघरदेखि पुरानो बसपार्कसम्म थारू सस्ंकृति झल्कने झाँकीसहित प्रभातफेरी निकाल्ने र पूरानो बसपार्कमा औपचारिक कार्यक्रम राखिने संयोजक थारूको भनाइ छ ।
पत्रकार सम्मेलनमा थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य ननदकिशोर पञ्जियार, प्रचार प्रसार संयोजक शम्भु महतो थारू, दिपेन्द्र चौधरी, बिजया ओझैया, मनोज चौधरी लगायतको सहभागीता थियो । कार्याक्रमको सञ्चालन पुनम चौधरीले गरेका थिइन् ।
यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ११ खैर्वा खेल मैदानमा आइतवारदेखि दुर्ई दिन थारू माघी (तिला संक्रान्त) संस्कृति उत्सव शुरू हुँदैछ । उत्सवको एक कार्यक्रमकाबीच मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले उदघाटन गर्नेछन् ।
यसैबिच पर्सा जिल्लाका पाँच स्थानमा यसवर्ष माघी महोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ । वीरगञ्ज महानगरपालिकासहित पर्साको पटेर्वासुगौली गाउँँपालिका, जीराभवानी गाउँँपालिका, पर्सागढी नगरपालिका र सखुवाप्रसौनी गाँउपालिकामा माघी महोत्सव मनाउने तयारी भईरहेको हो ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १...

‘जनै हराएको मान्छे’ को पोस्टर सार्वजनिक

वीरगंज २२ असार । चलचित्र पत्रकार संघ नेपाल, पर्साले...

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...
neelambads

सिफारिस

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्धान...