समाचारवीरगंजमा अचानक कफर्यु लाग्यो, सर्वसाधारणलाई सास्ती

वीरगंजमा अचानक कफर्यु लाग्यो, सर्वसाधारणलाई सास्ती

वीरगंज ७ फागुन । वीरगंज महानगरमा दुई पक्षबीच भएको झडपमा सुरक्षाकर्मीसहित एक दर्जन जति घाइते भएका छन् भने स्थिति नियन्त्रणमा नहुंदा अनिश्चितकालीन कफर्यु घोषणा भएको छ ।
सांझ ५ बजेतिर अचानक जिल्ला प्रशासन कार्यालय, पर्साले कफर्यु घोषणा गरेपछि सर्वसाधारणलाई निकै समस्या भएको थियो ।
सांझ र रातिसम्म सर्वसाधारणहरु आआफनो गन्तव्यतिर गइरहेका थिए । उनीहरुलाई सवारी साधन नपाउंदा निकै समस्या भएको थियो । सांझ ५ बजेपछि पसल बन्द हुंदा सर्वसाधारणहरु आआफनो गन्तव्यतिर लागे पनि सुरक्षाकर्मीले कुनै बाधा अवरोध गरेका थिएनन् । त्यस्तै काठमाडौं छुटने रात्रिबसहरु पनि छ बजेतिरै गन्तव्यतिर लाग्दै गरेको देखियो । पसलहरु सबै बन्द हुंदा सर्वसाधारणलाई समस्या भएको थियो ।
रौतहट, सर्लाही लगायतको स्थानमा दुई जातीय पक्षबीच भएको झडप थियो । सोको विरोधमा वीरगंजमा पनि दुई जातीय समूह पक्षबीच झडप भएको थियो । वीरगंजमा आज भएको झडपमा १३ राउन्ड अश्रुग्यास चलेको थियो भने केही हवाइ राउन्ड पनि फायर भएको थियो । झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
वीरगंजको छपकैया क्षेत्रमा प्रदर्शन हुंदा प्रहरी र समूहबीच झडप भएको थियो । यसैबीच जिल्ला प्रहरी कार्यालय, पर्साले आज साँझ ५ बजेदेखि अर्को आदेश नहुन्जेलसम्म कप्mर्यू आदेश जारी गरेको छ ।
वीरगंजमा भएको विरोध जुलुसकको क्रममा विवाद र झडपपछि स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्ष्Fामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भङ्ग हुनजाने स्थिति देखिएकोले महानगर क्ष्Fेत्रको पूर्वमा नगवाचोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरीपुल (भन्सार क्ष्Fेत्र)सम्म कफर्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।
प्रजिअ भुसालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा (क) बमोजिम कप्mर्यू आदेश जारी गरिएको बताए । उनले कप्mर्यू अवधिभरि आवतजावत गर्न, भेला हुन, बाहिर हिंडडुल गर्न, जुलुस प्रदर्शन, घेराउ, ¥याली तथा अन्य कुनै प्रकारको उच्छृंखल गतिविधि गर्न नपाउने र गरेको खण्डमा कडा कारबाइ गर्ने प्रजिअ भुसालले जनाएका छन् ।
हिन्दुवादी सङ्घ संगठनले गौरमा भएको घटना बिरोधमा सोमवार वीरगंज बजार बन्दको आवहान गरेको थियो ।
छपकैयास्थित मुख्य सडकको गौरिया चोकमा मुस्लिमहरूले सडक जाम गरेपछि प्रहरी र मुस्लिम समुदायको युवाहरूबीच झडप भएको प्रहरीले जनाएको छ । ११ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । घटनामा एकजना सर्वसाधारण पनि घाइते भएका थिए ।
वीरगंजमा गैरहिन्दूवादीको समूहमा अधिकांश ससाना बालकहरु सहभागी भएका थिए । उनीहरुले प्रहरीमाथि आक्रमण गरेका थिए । वीरगंजको इदगाहचोक, छपकैया र आदर्शनगर क्षेत्रमा झडप भएको थियो ।
झडपमा केही प्रहरी घाइते भए पछि स्थितिलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र एक दर्जनभन्दा बढी अश्रुग्याँस प्रहार गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...