समाचारराष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश सदस्यमा पन्त निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश सदस्यमा पन्त निर्वाचित

रास्वपा पर्साबाट प्रदेश कमिटीमा हरि पन्त निर्वाचित वीरगंज, २४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश सदस्यमा होटल तथा पर्यटन ब्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्त निर्वाचित भएका छन ।
पर्सामा रिक्त रहेको दुर्ई प्रदेश सदस्य पूर्तिको लागि हिजो अबेर बिन्दवासिनी मन्दिरको सभाहलमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक निर्वाचनमा हरि पन्त र सुदिश प्रजापतिसमेत निर्वाचित भएका हुन ।
प्रदेश सदस्यको लागि भएको आन्तरिक चुनावमा शुरूमा १४ जना योग्यता पुगेका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराए पनि पछि सहमतिको वातावरण निर्माण गर्न छ जना उम्मेदवारहरूले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । अन्तसम्म कोशिश गर्दा पनि बाकीले उम्मेदवारी फिर्ता लिन नमानेपछि हरि पन्त, सुदिश प्रजापति, दिपराज पटेल, मुरली जलान र राम सुन्दर आर्य लगायत ८ जनाले आआफ्नो उम्मेदवारी कायम राखेका थिए ।
पर्साको चारैओटा निर्वाचन क्षेत्रको निर्बाचित क्षेत्रीय पदाधिकारीहरू, जिल्लामा गठन भएका पालिका पदाधिकारीहरू र पर्साबाट निर्वाचित प्रदेश प्रतिनिधिहरू गरि २८ मतभार (मतदाता) रहको निर्वाचनमा ३ मतदाता भने अनुपस्थित रहेका थिए ।
कुल खसेको मतमा सम्पूर्ण २५ मत सदर भएको थियो । जसमध्ये लगभग दुर्ई तिहाइ सर्वाधिक १७ मतभारद्वारा हरि पन्त निर्बाचित भएका थिए ।
यता अर्का निर्बाचित प्रदेश सदस्य सुदिश प्रजापति १० मतभार पाएर बिजयी भएका थिए । पराजित उम्मेदवारहरूमा दिपराज पटेलले ९ मत प्राप्त गरे भने अर्का पराजित उम्मेदवार मुरली जलानले भने ६ मत मात्र प्राप्त गरेका थिए । त्यसैगरि राम सुन्दर आर्यले ४ मत प्राप्त गरे भने अर्का २ उम्मेदवारहरूले १–१ मत प्राप्त गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बिधान अनुरूप पार्टीको जिल्ला संयोजक बन्न सम्बन्धीत जिल्लाको निर्वाचन क्षेत्र, गठित पालिका पदाधिकारी र निर्बाचित प्रदेश प्रतिनिधिहरू द्वारा प्रदेश कमिटि सदस्यमा निर्बाचित भएर आउनै पर्ने बाध्यकारी हुन्छ ।
निर्वाचन सम्पन्न गराउन केन्द्रिय संगठन बिभागका सचिव शंकर श्रेष्ठ, केन्द्रिय सदस्य डा नन्दन यादव, मधेस प्रदेश सभापति इ. तपेश्वर यादब, प्रदेश महामन्त्री मनिष साह, प्रदेश प्रबक्ता, कोषाध्यक्ष र जिल्लाका संयोजक उपसंयोजक लगायतका केन्द्रिय, प्रदेश र जिल्लाका पदाधिकारी हरू वीरगंज आएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा...

हरियाली प्रवद्र्धनका लागि वीरगंजमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २० असार । वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश...

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि...

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...
neelambads

सिफारिस

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, नौ रजत र २० कास्यसहित टिम उपविजेता भएको...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क भोजन वितरण कार्यक्रम ६० औं हप्तामा पनि जारी रहयो । हरेक शनिवार बिहान १० बजेदेखि...

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा एकजना बङ्गलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको छ। वीरगंज–रक्सौलस्थित मितेरी पुल भएर...