समाचारके नेपाल शटडाउन हुने अवस्थामा पुग्दैछ?

के नेपाल शटडाउन हुने अवस्थामा पुग्दैछ?

वीरगंज । देशमा आर्थिक संकट छ । प्राय सबै पेशा व्यवस्थामा आर्थिक मन्दी छ । नेपालभरिको पसलमा बिक्री निकै घटेको छ । घरभाडा, बैंकको ब्याज, दैनिक खर्च चलाउन नसक्ने अवस्था छ ।
मलिनो मुख लगाएर बसेका छन् व्यापारी पसले । यातायात व्यापार सबैमा मन्दी छ । पसलमा ग्राहकको उपस्थिति न्यून छ । कसरी टिक्ने, के कमाएर के खाने भन्ने चिन्तामा अधिकांश व्यापारी, पसले, व्यवसायी छन् । विदेशी पर्यटक घटेका छन् । वैदेशिक रोजगारीमा जाने नेपाली मात्र बढेका छन् । सरकारले दायित्व भुक्तान गर्न सकेको छैन ।
देश र समाजको यस्तो परिस्थिति र अवस्थामा बैंकहरूमा ६ खर्ब ६१ अर्ब रुपियाँँ थन्किएको छ । घरजग्गाको किनबेचमा पनि अति मन्दी देखिएको छ । औषधिको व्यापारमा पनि घाटाको अवस्था छ ।
दुग्ध पदार्थ बाहेक सबै थोक को व्यापार नाजुक अवस्थामा पुगेको छ। पर्याप्त आर्थिक तरलता छ, ऋण लगानी असुली एकदमै मन्दी छ। कर्जा प्रवाह घटेको छ । यस्तो अवस्था रहिरहे अर्थतन्त्र धाराशायी हुन्छ। राष्ट्र नै सटडाउन हुन्छ । नेपालको इतिहासमा यस्तो अवस्था आएको थिएन अब छिटै आउँदैछ । आर्थिक विषमता आर्थिक संकट देशलाई प्रभाव र असर पार्ने डरलाग्दो, खतरा र गम्भीर कुरा हो। सरकारको लक्ष्य, अनुमान र तथ्याङ्कले हावा खाँदैछ ।
विदेशी ऋण, भ्रष्टाचार र घुसखोरी, दैनिक खरिद, बिक्री घटेर नेपालको अर्थतन्त्र र राज्य सञ्चालन असफल पर्दैछ । सरकारले विकास खर्च गर्न नसक्ने अवस्था छ ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकता विषयमा गृह मन्त्रालयको प्रतिवेदन कुरिराखेका छौँ

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

नागरिकको अधिकार बारे सजग गराउँदै कानूनको दायरामै ल्याएर काम गराउने तर्फ अग्रसर छौं

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाईले पत्रकार जियालाल साहलाई दिलाए धम्की

पौष, २० वीरगंज । सिधाकुरा डट कमका पर्सा संवाददाता...

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको...

सिफारिस

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको रजगज कुनै नौलो विषय हैन् । सिमानाकाबाट हुने अपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न...

बहुदरमाईमा १ करोड १९ लाखको चापाकलमा भ्रष्टाचार, नगरभसाबाट पुनः १ करोड ५० लाख बजेट बिनियोजन

कात्तिक, ९ वीरगंज । संघीयता कार्यन्वयनको एक चरण सकेर दोस्रो चरण चलिरहेको ढाई वर्ष हुन लाग्यो । आम नागरिकको प्रत्यक्ष जीवनसंग जोडिएको विकास निर्माणका...

२५ लाख मूल्य बराबरको चाँदीको गहनासहित दुईजना पक्राउ

वीरगंज, ९ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले २५ लाख मूल्य बराबरको १४ किलो चाँदीका गहनासहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार बिहान ८ः०० बजेको...