समाचारआगलागी हुँदा ११ घर जलेर नष्ट, सर्लाहीको दुर्ई स्थानीय तहसँग मात्रै वारूणयन्त्र

आगलागी हुँदा ११ घर जलेर नष्ट, सर्लाहीको दुर्ई स्थानीय तहसँग मात्रै वारूणयन्त्र

वीरगंज, २६ चैत । सर्लाहीको बसबरियामा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको छ। सोमवार बिहान ११ बजे बसबरिया गाउँँपालिका–३ भवानिपुरको बङ्गलवा स्थित दलित बस्तीमा आगलागी भएको हो ।
आगलागीबाट ११ दलित परिवारको फुसको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनको काम हुँदैछ झण्डै दुर्ई घण्टा पछि आग्रो नियन्त्रिणमा आएको थियो।
आगलागीबाट ६ घर पूर्ण र ५ घर आंशिक जलेको उनले बताए। आगलागीबाट लाखौंको क्षति भएको अनुमान छ।
आगो नियन्त्रणमा लिन जनपद र सशस्त्र प्रहरी, स्थानीयवासी तथा हरिवन र मलंगवा नगरपालिकाका दुर्ईवटा वारूणयन्त्र परिचालन गरिएको थियो।
२० वटा स्थानीय तह रहेको सर्लाहीका जम्मा दुर्ई स्थानीय तहसँग मात्रै वारूणयन्त्र रहेको छ। सदरमुकाम मलंगवा र हरिवन नगरपालिका बाहेक सर्लाहीका १८ स्थानीय तहसँग वारूणयन्त्र छैन। सममयमै वारूणयन्त्र नपुग्दा सर्लाहीमा आगलागीले धेरै क्षति हुने गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...