समाचारजीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा एपिएफ क्लब

वीरगंज, ३० चैत । नेपाल एपिएफ क्लब १४औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार बिहान भएको क्वाटरफाइनल खेलमा फ्रेण्ड्स क्लबलाई २–० ले पराजित गर्दै एपीएफ अन्तिम चारमा प्रवेश गरेको हो ।
एपीएफको जीतमा बुद्धिमान राईले एक गोल गरे भने अर्काे गोल अननत तामाङबाट आत्मघाती हुन पुग्यो । हावाहुरीका कारण बिहीवार राती ५८औं मिनेटमा स्थगित भएको खेल बिहान खेलाइएको थियो ।
स्थगित गरिएको समयबाटै खेलाइएको खेलको ७३औं मिनेटमा बुद्धिमान राईले एपीएफलाई अग्रता दिलाएका थिए । अनिश महर्जनको क्रस बललाई सदुपयोग गर्दै बुद्धिमानले सुन्दर गोल गरेका थिए ।
त्यसलगत्तै एपीएफले अर्काे गोल गर्दै अग्रता दोब्बर पार्याे । खेलको ७५औं मिनेटमा प्रदीप तामाड्ढो क्रस बललाई अननतले क्लियर गर्न खोज्दा गोल हुन पुगेको थियो । लगातार दुर्ई गोल खान पुगेको फ्रेण्ड्स अन्तिम समयमा दवावमा देखियो । उसले खासै अवसर सिर्जना गर्न सकेन ।
एपीएफको जीतमा उत्कृष्ट प्रदर्शन गरेका बुद्धिमान प्लेयर अफ दि म्याच घोषित भए । उनले शुभारम्भ कलेजले प्रायोजन गरेको १० हजार राशीको प्लेयर अफ दि म्याचको पुरस्कार हात पारे ।
एपीएफको जीतसंगै जीतपुरसिमरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । एपीएफले अब फाइनल प्रवेशका लागि शनिवार नेपाल पुलिस क्लबसंग खेल्नेछ । प्रतियोगिता अन्तर्गत शुक्रवार राती हुने पहिलो सेमिफाइनल खेलमा सिरहाको सलहेश युवा क्लब र मछिनद्र फूटबल क्लब भिड्नेछन् ।
मछिनद्रले त्रिभुवन आर्मी क्लब र सलहेशले साविक विजेता चर्च ब्वाईज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको टाइटर स्पन्सरमा आयोजित प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन् ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...