समाचारएमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल

एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल

वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् । सोमवार प्रेस चौतारी पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उनले छ । एमालेले आफनो अनुसार रणनीति सरकार चलाउने बताए ।
उपाध्यक्ष पोखरेलले अहिलेको सरकार फेरबदल नहुने बताए । बाहिर चलेको कुरा जस्तो वर्तमान सरकार फेरबदल हुने निराधार रहेको प्रष्टयाए । सरकार फेरबदल नभएपनि मुलुकका मेजर पार्टीहरू एउटा अन्डरस्ट्यान्डिङमा जानुपर्ने उनको सुझाव छ । कसैले एक्लै पारेर देशको समृद्धि नहुने भएकोले मेजर पार्टीहरू एक ठाउँमा उभिन जरूरी रहेको उनको भनाइ छ ।
यसरी देश समृद्धिको सवालमा एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्पm अगाडि बढ्ने उनी बताउँछन् । उनले हाम्रो पार्टीले नेतृत्व गरेमा आर्थिक विकासका समृद्धितर्पm ठोस योजनाका साथ अगाडि बढ्छ, राष्ट्रिय स्वभिमान र स्वतन्त्रताको विषयमा अगाडि बढ्छ । सामाजिक सदभाव कायम गर्ने सन्दर्भमा एमाले ठोस ढंगले जान्छ, देश बनाउने सपनाहरूलाई जागृत गर्ने सवालमा एमाले छलाङ् मार्न सक्छ ।’ कृषि, पयर्टन, उर्जासहित आर्थिक क्षेत्रलाई कसरी मजबुत बनाउन सकिन्छ, त्यो एमालेले जान्दछ ।
उनका अनुसार एमाले यी विषयहरूमा नीतिगतरूपमा प्रष्ट र योजनागतरूपमा प्रतिबद्ध छ । अर्काे कुरा जनताले पनि एमालेप्रति विश्वास गरिरहेको हुनाले मुलुक निर्माणका लागि एमालेको नेतृत्वको अपरिहार्य रहेको उनको धारणा छ ।
त्यसैले जनताको विश्वास जितेर हामीले मुलुकको सही ढंगले नेतृत्व गर्न चाहिरहेको उनको प्रष्टोक्ति छ । नयाँ समीकरणबाट बनेको सरकारमा आन्तरिक त्यस्तो कुनै पनि खटपट नरहेकोले सरकार परिवर्तनको विषय आइ नपरेको उनले जनाए ।
एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरामा कुनै दम नरहेको उनको भनाइ छ । उनका अनुसार तर यसो भनिरहँदा त्यसको अर्थ यो होइन कि कुनै एक पार्टीले अलग्याएर हमला गर्नु होइन ।
उनी भन्छन्,‘देशका मेजर पार्टीहरूबीच एउटा अन्डरस्ट्यान्डिङ हुनुपर्छ, सबैलाई समेट्नुपर्छ । यो अन्डरस्टाडिनङ् गराउनमा हाम्रो भूमिका र पहल दुईवटै हुनु पर्छ । ताकी देश समृद्धि अगाडि बढोस ।’
पत्रकार सम्मेलनमा एमालेका सचिव योगेश भट्टराइ, एमाले नेता अच्युत मैनाली, सांसद राजकुमार गुप्ता लगायतको सहभागीता थियो ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

मुस्लिम संघका अध्यक्ष जफर अन्सारीमाथि वीउवासंघद्वारा कारबाहीको माग

वीरगंज, ४ वैशाख । वीरगंज उद्योग वाणिज्य संघले बिहीवार...

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट...

धार्मिक सद्भावमा खलल नपुर्याउन राजनीतिक दलहरूको अपिल

वीरगंज, ३ वैशाख । पर्साका राजनीतिक दलहरूले वीरगंजमा...

वीरगंजको विवाद सुल्झाउन ५ बुँदे निर्णय

वीरगंज, ३१ चैत । हनुमान जमोत्सवका दिन शनिवार वीरगंजमा...

कर्फ्यूका कारण आजको रात्रि बजार स्थगित

वीरगंज, ३० चैत । नयाँ वर्ष २०८२ को स्वागतमा...

एउटै वडामा भेटिए क्षयरोगका २५ सङ्क्रमित

जलेश्वर, २९ चैतः महोत्तरीको बलवान नगरपालिकाको एउटै वडामा २५...

सिफारिस

मुस्लिम संघका अध्यक्ष जफर अन्सारीमाथि वीउवासंघद्वारा कारबाहीको माग

वीरगंज, ४ वैशाख । वीरगंज उद्योग वाणिज्य संघले बिहीवार प्रेस विज्ञप्ति जारी गरी हनुमान जयन्तीको शोभा यात्रामा दुर्ई पक्ष बीच भएको झडप र त्यसबाट...

ग्यालेनभित्र राखिएको साढे २४ किलो चरेस बरामद

वीरगंज, ४ वैशाख । सशस्त्र प्रहरी पर्साले दुईवटा ग्यालेनभित्रबाट ठूलो परिमाणमा चरेस बरामद गरेको छ । पोखरिया नगरपालिका–२ मननपुरस्थित बाँसघारीमा लुकाएर राखिएको अवस्थामा २४...

धार्मिक सद्भावमा खलल नपुर्याउन राजनीतिक दलहरूको अपिल

वीरगंज, ३ वैशाख । पर्साका राजनीतिक दलहरूले वीरगंजमा कुनै पनि पक्षलाई धार्मिक र सामाजिक सदभावमा खलल नपुर्याउन अपिल गरेको छ । बुधवार नेपाली...