समाचारप्रेमीको मृत्यु, प्रेमिकाले यसरी पुर्याइन जेलमा विष

प्रेमीको मृत्यु, प्रेमिकाले यसरी पुर्याइन जेलमा विष

धनगढी ३ असोज । कैलाली कारागारमा युवकको मृत्यु भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३१ भदौमा शौचालयमा लडेको अवस्थामा भेटिएका घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय दिपक विकको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।
उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले उनकी प्रेमिका भनिएकी १४ वर्षीया किशोरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले ती किशोरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । उनै किशोरीलाई जबरजस्ती करणी गरेको मुद्दामा दिपक पुर्पक्षका लागि कैलाली कारागार चलान भएर बन्दी जीवन बिताइरहेका थिए ।
कतिपयले विकको कारागारभित्र कुटपिट गरेर हत्या भएको दाबी गरेपनि घटनाको वास्तविकता भने फरक रहेको प्रहरीको भनाइ छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले प्रारम्भिक अनुसन्धानका क्रममा विकको सलपास नामक विषादी सेवनबाट मृत्यु भएको देखिएको बताए । उक्त विषादी प्रेमिकामार्फत नै विकको हातमा पुगेको अनुसन्धानका क्रममा देखिएको प्रहरीको भनाइ छ ।
प्रहरी स्रोतकाअनुसार विकको ३४ पृष्ठ लामो सुसाइड नोट समेत फेला परेको छ । त्यसमा विकले अब अर्को जुनीमा रमाउने’ लेखेको प्रहरी स्रोत बताउँछ ।
अचारको बट्टामा राखेर विषादी पुर्याइन् : प्रहरी
प्रहरीका अनुसार उनीहरुको प्रेम सम्बन्धबारे २०८० को फागुनमा मात्र परिवारले थाहा पाएका थिए । उनीहरु बीचको सम्बन्धलाई लिएर परिवारमा तनाव सिर्जना भएको थियो ।
त्यसपछि किशोरीका परिवारले ८ फागुन २०८० मा इलाका प्रहरी कार्यालय सुखडमा जबरजस्ती करणीमा दिपकविरुद्ध किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका थिए । उनी सोही मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
दिपक कारागार चलान भएपछि किशोरी श्रीमतीका रुपमा उनलाई भेट्न आइरहन्थिन् भने उनीहरुबीच टेलिफोनमा समेत संवाद हुने गरेको थियो । दिपकको कारागार बसाइँ र आफूहरुका कारण पारिवारिक विग्रह भएको भन्दै दुवै चिन्तित थिए ।
पक्राउ परेकी किशोरीले प्रहरीलाई दिएको बयानअनुसार यी कुराले दुवै जना सँगसँगै मर्ने निष्कर्षमा पुगेका थिए । दिपकले नै किशोरीलाई बाहिरबाट विषादी किनेर कारागारमा ल्याउन भनेका थिए ।
२६ भदौमा दिपक विकलाई भेट्न कैलाली कारागार पुगेकी किशोरीले सोही दिन विषादी उनलाई दिएको कुरा खुलेको प्रहरीको भनाइ छ । प्रेमिकाले दिएको विषादी दिपकले ३१ भदौको दिउँसो शौचालयमा गएर सेवन गरेका थिए । उनले कारागारमै रहेका मिल्ने साथी कृष्णलाई विषादी सेवन गरेको जानकारी गराएपछि तत्कालै अस्पताल लगिएको थियो । तर दिपकको ज्यान जोगिएन ।
‘त्यो दिन उनकी प्रेमिका तीन वटा कपडा र एउटा प्लाष्टिकको कालो डब्बामा अचार लिएर कारागार भेट्न गएको देखिन्छ । प्रहरीले जाँच गर्दै आचार समेत उनलाई चखाएको रहेछ,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘तर उनले आचारको डब्बाभित्र पिँधमा प्लाष्टिकमै बेरेर सलपास विषादी भित्र दिन सफल भएको देखिन्छ ।’
सीसीटीभी फुटेजमा देखिएअनुसार प्रहरीले किशोरीलाई चेकजाँच गर्दै चम्चामा निकालेर अचार खान लगाएको देखिन्छ । तैपनि उनी दिपकसम्म विषादी पुर्‍याउन सफल भइन् । ‘डिउटीमा रहेका प्रहरी कर्मचारीले किशोरीको शरीर र लत्ताकपडा सबै जाँच गरेको देखिन्छ तर विषादी बरामद भएन,’ ती अनुसन्धान अधिकृतले भने, ‘कारागारमा परीक्षण गर्ने प्रविधि नभएकाले मानवीय त्रुटीबस विषादी भित्र पुगेको जस्तो छ । थप अनुसन्धान जारी छ ।’ प्रहरीका अनुसार किशोरीले पनि अचारको डब्बाभित्र राखेर विषादी दिपकलाई दिएको बयान दिएकी छन् ।साभारः अनलाइनखबर
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकता विषयमा गृह मन्त्रालयको प्रतिवेदन कुरिराखेका छौँ

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

नागरिकको अधिकार बारे सजग गराउँदै कानूनको दायरामै ल्याएर काम गराउने तर्फ अग्रसर छौं

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाईले पत्रकार जियालाल साहलाई दिलाए धम्की

पौष, २० वीरगंज । सिधाकुरा डट कमका पर्सा संवाददाता...

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको...

सिफारिस

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको रजगज कुनै नौलो विषय हैन् । सिमानाकाबाट हुने अपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न...

बहुदरमाईमा १ करोड १९ लाखको चापाकलमा भ्रष्टाचार, नगरभसाबाट पुनः १ करोड ५० लाख बजेट बिनियोजन

कात्तिक, ९ वीरगंज । संघीयता कार्यन्वयनको एक चरण सकेर दोस्रो चरण चलिरहेको ढाई वर्ष हुन लाग्यो । आम नागरिकको प्रत्यक्ष जीवनसंग जोडिएको विकास निर्माणका...

२५ लाख मूल्य बराबरको चाँदीको गहनासहित दुईजना पक्राउ

वीरगंज, ९ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले २५ लाख मूल्य बराबरको १४ किलो चाँदीका गहनासहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार बिहान ८ः०० बजेको...