समाचार८७ अर्ब ठग्ने असली सहकारी ठगहरूलाई कार्बाही गर- रास्वपा पर्सा

८७ अर्ब ठग्ने असली सहकारी ठगहरूलाई कार्बाही गर- रास्वपा पर्सा

वीरगंज, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सा मार्पत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
आज रास्वपा पर्साका अध्यक्ष हरि पन्तको नेतृत्वमा निस्किएको मौन जुलुसले नगर परिक्रमा गर्दै घण्टाघरमा कोणसभा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई सरकारले संसदिय छानबिन समितिको प्रतिबेदन विपरित धरपकड गरेको भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी सानूबाबु अधिकारीले जिल्ला प्रशासन कार्यालयले आजै उक्त ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताए ।
‘रबि निर्दाेष छन’, राजनीति पुर्बाग्रह नसाँध’, ‘८७ अर्ब ठग्ने असली सहकारी ठगहरूलाई कार्बाही गर’ भन्ने प्लेकार्ड बोकेको जुलुसले ज्ञापनपत्र बुझाएर माइस्थानमा पुगेर कोणसभा गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै जिल्ला सभापति हरि पन्तले सरकारलाई दुर्ई तिहाईको दम्भ नदेखाउन खबरदारी गर्दै यसो भएमा नेपाली जनताले श्रीलंका र बङ्लादेश झै ८४ अघि नै सत्ता कब्जा गर्ने बताए । उनले सत्ता स्थायी नहुने र नेपाली जनताले सबै गतिविधि नजिकबाट नियालिरहेकोले यसको हिसाब किताब पनि चाँडै गर्ने बताए ।
कार्यक्रममा रास्वपा क्षेत्रीय सभापतिहरू जितेन्द्र मिश्र, फैयाद मियाँ, प्रदेश सदस्य तुलसा पौडेल, सुदिश प्रजापति, प्रचार बिभागका प्रदेश प्रमुख राम सरार्पm, संगठन र शिक्षा बिभागका प्रमुख रामप्रमोद रायमाझी, राम आर्य, सोनालाल पटेल, पालिका सभापति माधब बस्नेत, उमेश यादब, चन्दन गुप्ता र प्रदीप पटेल लगायतका नेता र कार्यकर्ताहरूको उपस्थिति रहेको सभालाइ केन्द्रिय सदस्य डा नन्दन यादब र पूर्व संयोजक दिलिप कुर्मीले सम्बोधन गरेका थिए ।
रास्वपा, पर्साले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रः
सम्माननिय प्रधानमन्त्रीज्यु
मन्त्रीपरिषद तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरवार काठमाडौं
मार्पmत, जिल्ला प्रशासन कार्यालय पर्सा
बिषय –– ध्यानाकर्षण सम्बन्धमा ज्ञापन ।
सम्माननिय प्रधानमन्त्रीज्यु सहकारी रकम हिनामिना सम्बन्धी छानबिनको लागि गठित सहकारी संसदिय छानबिन समितिले स्पष्ट रूपमा आफ्नु प्रतिबेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति माननीय रबि लामिछानेज्यु को सहकारी रकम ठगी तथा हिनामिनामा कुनै पनि किसिमको संलग्नता नरहेको, उनले ब्यक्तिगत रूपमा कुनै पनि सहकारीबाट कुनै किसिमले रकम ऋण नलिएको, उनी कुनै पनि सहकारीको सदस्य एबम प्रबन्धक समेत नरहेको र उनले कुनै पनि सहकारीमा ऋण लिनका निमित्त फारम तथा निबेदन समेत नदिएको कुरा समेत स्पष्ट रूपमा उल्लेख हुँदा हुँदै पनि नितान्त रूपमा राजनीतिक प्रतिसोध साध्न माननीय रबि लामिछाने माथी धरकपट र थुनछेक गरिने परिस्थिति शृजना गर्न लागेको हामीले अनुभूति गरेका छौ ।
अतः सत्ता र शक्तिको दुरूपयोग गरि नेपालको विधमान ऐन कानुन विपरित गएर राजनीतिक प्रतिशोध साध्नका निम्ति यस्तो दुर्भाग्यपूर्ण अवस्था आएमा, यसबाट उत्पन्न हुने सम्पुर्ण असहज परिस्थितिको जिम्मेवार नेपाल सरकार स्वयम हुने कुराको ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएका छौ ।
हरि पन्त जिल्ला संयोजक राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू...

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन...

मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

वीरगंज, २४ जेठ । वीरगंज महानगरपालिकाको मुर्लीचोक नजिक मोटरसाइकलको...

गोठबाट भन्सार छली चकलेट बरामद

वीरगंज २३ जेठ । भारतबाट अवैध रूपमा भित्र्याइएका चकलेट,...
neelambads

सिफारिस

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय तीन दिनका लागि...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले मंगलवार वीरगंज–१६ नगवा र नकटुवा गाउँमा छापामारी विद्युत् चुहावट गर्नेहरुमाथि कारबाही गरेको छ ।...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि प्रदर्शन गरेका छन् । ...