समाचारघनघोर वर्षाको कारण पर्सा डुबानमा, सतर्कता अपनाउन विभागको अनुरोध

घनघोर वर्षाको कारण पर्सा डुबानमा, सतर्कता अपनाउन विभागको अनुरोध

वीरगंज, १२ असोज । बिहीवारदेखि परेको घनघोर वर्षाको कारण पर्सा जिल्लाको विभिन्न स्थान डुबानमा परेको छ ।
घनघोर वर्षाको कारण श्रीसिया नदीको जलसतह पार गरेको छ । नदिको सतह पार गरी त्यसको पानी नजिकको बस्तीमा पसेको छ ।
वीरगंजका अधिकांश वडाहरु जलमग्न भएको छ भने घरघरमा पानी पसेको छ । आज बिहान वर्षा केही मत्थर भएपछि मानिसहरु पानी निकास गर्न जोहो गर्न थालेका छन् ।
वीरगंज महानगर प्रमुख राजेशमान सिंहले आज बिहानदेखि नगरको अनुगमन गर्दै सर्वसाधारणलाई सचेत गर्न थालेका छन् । श्रीसिया नदीको पानीको बहाव बढीरहेकोले उच्च सतर्कता अपनाउन नगरवासीहरूलाई आग्रह गरेका छन् ।
यसैबीच जल तथा मौसम विज्ञान विभागले पर्सा बारावासीलाई सन्देश पठाउंदै बारा जिल्ला स्थित पसाहा खोला, महेशपुर जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले सतर्कता अपनाउन आग्रह गरेको छ ।
यसैबीच अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिवार बिहान ड्यामको ढोका खोलिएको छ ।३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।
नेपाल विद्युत प्राधिकरणको व्याकअपको रूपमा रहेको जलाशय शनिवार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी सङ्कलन गरिएको थियो । जलाधार क्षेत्रमा लगातार पानी परिरहेकाले ड्यामको ढोका विस्तारै, विस्तारै खोल्नु परेको कुलेखानी प्राधिकरणले जनाएको छ । अहिले प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिएको छ । गत वर्ष कुलेखानी जलाशय भरिएको थिएन अहिलेको वर्ष भरिएको छ । गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५ सय २६ मिटरमात्र पानी सङ्कलन भएको थियो ।
कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत गृह सञ्चालन गरिएको छ। कुलेखानी जलविद्युत आयोजनाबाट १०६ मेगावाट विद्युत उत्पादन हुन्छ ।
कुलेखानी ड्याम भरिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई शर्तक अपनाउन मकवानपुर प्रशासन कार्यालयले शुक्रवार बेलुका नै सूचना जारी गर्दै अनुरोध गरेको थियो ।
कुलेखानी ड्याम भरिएकाले बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने हुँदा यस क्षेत्रका बासिन्दालाई शर्तक अपनाउन अनुरोध गरिएको हो ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकता विषयमा गृह मन्त्रालयको प्रतिवेदन कुरिराखेका छौँ

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

नागरिकको अधिकार बारे सजग गराउँदै कानूनको दायरामै ल्याएर काम गराउने तर्फ अग्रसर छौं

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाईले पत्रकार जियालाल साहलाई दिलाए धम्की

पौष, २० वीरगंज । सिधाकुरा डट कमका पर्सा संवाददाता...

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको...

सिफारिस

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको रजगज कुनै नौलो विषय हैन् । सिमानाकाबाट हुने अपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न...

बहुदरमाईमा १ करोड १९ लाखको चापाकलमा भ्रष्टाचार, नगरभसाबाट पुनः १ करोड ५० लाख बजेट बिनियोजन

कात्तिक, ९ वीरगंज । संघीयता कार्यन्वयनको एक चरण सकेर दोस्रो चरण चलिरहेको ढाई वर्ष हुन लाग्यो । आम नागरिकको प्रत्यक्ष जीवनसंग जोडिएको विकास निर्माणका...

२५ लाख मूल्य बराबरको चाँदीको गहनासहित दुईजना पक्राउ

वीरगंज, ९ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले २५ लाख मूल्य बराबरको १४ किलो चाँदीका गहनासहित दुईजनालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार बिहान ८ः०० बजेको...