समाचारतस्करीको ट्रान्जिट बन्यो वीरगंजको छपकैया, असुलीमा अघोषित घुमुवा

तस्करीको ट्रान्जिट बन्यो वीरगंजको छपकैया, असुलीमा अघोषित घुमुवा

वीरगंज, २२ असोज । चाडपर्वको मौका छोपेर वीरगंजको छपकैया र नगवा नाकाबाट तस्करी मौलाएको पाईएको छ । वीरगंजको छपकैया र नागवा नाकाबाट रातीको समयमा खुलेयाम तस्करी भईरहेको पाईएको हो ।

चार्डपर्वको रौनक थपिएसंगै भारतको रक्सौल पन्टोका बेलहियाबाट वीरगंजको सिरिसिया, छपकैया हुँदै कपडा, काजु, खसी बोका र ईलेक्ट्री पार्टपुर्जा लगायत दैनिक उपभोग्य सामानको खुलेयाम तस्करी भईरहेको छ । यस्तै, बाराको बलिरामपुर नाकाबाट वीरगंजको नागवा हुँदै यी सामानहरुको तस्करी भईरहेको छ ।

सीमानाकाबाट हुने अपराधिक गतिबिधी चोरी तस्करी नियन्त्रण गर्न नेपाल सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरे पनि वडा प्रहरी कार्यालय विर्ता र सशस्त्र प्रहरी बल बिओपी छपकैयाको मातहतमा पर्ने वीरगंजको छपकैया नाकाबाट वीरगंजका नामुद कपडा तथा काजु तस्कर जितु, बबन, गम्भिरा, हरिन्द्र पटेल, लगायतका तस्कर समूहहरुले दैनिक ५० लाख भन्दा बढीको मालसामान तस्करीको माध्यमबाट आयात गर्दै आएका छन् । यी तस्कर समूहहरुले बिर्ता लगायत मातहतका प्रहरी अधिकारीहरुलाई मिलाएर रातीको समयमा दर्जनौं महिला भरिया, मोटरसाईकल, ई–रिक्शा लगायतको माध्यमबाट तस्करी गरिरहेका छन् । त्यहाँबाट निर्वाध रुपमा भईरहेको तस्करी वापतको असुलीका लागि वडा प्रहरी कार्यालय बिर्ताका ईन्स्पेक्टरले अघोषित घुमुवाको रुपमा संजय जयसवाल र विवेक सिंह भन्ने प्रहरीलाई परिचालन गरेका छन् । यस्तै, प्रहरी चौकी छपकैयाबाट वरिष्ट प्रहरी हलदार दिनेश सिंह असुलीमा लागेका छन् ।

जितु, बबन, आकाश, मन्जु, हरिन्द्र, गम्भिरा लगायतका तस्कर सहित वीरगंजको आदर्शनगरमा संचालन रहेको दर्जनौं ट्रान्सपोर्टहरुबाट अघोषित घुमुवा संजय गुप्ता, विवेक सिंह र दिनेश सिंह असुली गरिरहेका छन् ।

वडा प्रहरी कार्यालय बिर्ताका इन्स्पेक्टर निरोध चौलागाईले तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी सशस्त्र प्रहरीको रहेको बताउँदै गोलमोल जवाफ दिए । एसपी साहेबलाई गुनासो गर्नु भन्दै भेटेर कुरा गर्ने प्रतिक्रिया दिए ।

सशस्त्र प्रहरी बल बिओपी छपकैयाका इन्स्पेक्टरले आफूलाई यहाँको जिम्मेवारी पाएको १०/१२ दिन हुन लागेको बताउँदै तस्करी नियन्त्रणमा प्रयासरत रहेको बताए । तर छपकैया नाकाबाट हुने तस्करीमा सशस्त्रको समेत मिलेमतो रहेको बताईन्छ ।

सशस्त्र प्रहरी बल पर्साका एसपी राधेश्याम धिमालले आफूले पनि ती व्यक्तिहरुले तस्करी गरिरहेको बारे जानकारी पाएको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा...

हरियाली प्रवद्र्धनका लागि वीरगंजमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २० असार । वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश...

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि...

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...
neelambads

सिफारिस

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा एकजना बङ्गलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको छ। वीरगंज–रक्सौलस्थित मितेरी पुल भएर...

हरियाली प्रवद्र्धनका लागि वीरगंजमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २० असार । वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति भरतपुर चितवन, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा वृक्षारोपण...

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरूबीच मंगलवार भएको छलफलमा लिखित प्रतिबद्धता जनाइएको छ । मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन...