समाचारसौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

सौतेनी भाइ रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई, २५ असोज : एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्नुहुने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उहाँको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ ।
बुधबार निधन हुनुभएका रतन टाटाको स्थान नोएल टाटाले लिनुभएको छ । रतनले परिवारद्वारा सञ्चालित टाटा समूह सङ्गठनलाई विश्वव्यापी दिग्गजमा परिणत गर्नुभएको थियो ।
आफ्नो निधन हुँदासम्म रतन टाटा ट्रस्ट्सका अध्यक्ष हुनुहुन्थ्यो । ट्रस्ट्सको जटिल स्वामित्व संरचनामार्फत समूहको होल्डिङ कम्पनी टाटा सन्समा करिब ६६ प्रतिशत हिस्सा छ ।
बजार पूँजीकरणको आधारमा भारतको दोस्रो ठूलो कम्पनी आइटी दिग्गज टाटा कन्सल्टेन्सी सर्भिसेज र बेलायती लक्जरी कार निर्माता जगुआर ल्यान्ड रोभरको स्वामित्व राख्ने टाटा मोटर्सजस्ता फर्महरूमा टाटा सन्स सबैभन्दा ठूलो एकल सेयरधारक हो ।
“टाटा ट्रस्ट्स गठन गर्ने विभिन्न ट्रस्टहरूको अध्यक्षका रूपमा श्री नोएल नवल टाटालाई नियुक्त गर्ने र उहाँलाई अध्यक्षका रूपमा पदनाम दिने सर्वसम्मत निर्णय गरिएको छ”, एक प्रेस विज्ञप्तिमा भनिएको छ, “उहाँको नियुक्ति तत्काल प्रभावकारी हुनेछ ।”
नोएल टाटाले वक्तव्यमार्फत आफू जिम्मेबारीप्रति गहिरो रूपमा सम्मानित र विनम्र रहेको र आफ्नो सौतेनी दाजुको विरासतलाई निरन्तरता दिन तत्पर रहेको बताउनुभएको छ ।
नोएल दशकौँदेखि समूहसँग जोडिनुभएको छ । यद्यपि उहाँ विशेषगरी समूहको अन्त्यन्त सफल पोशाक खुद्रा व्यवसाय ट्रेन्टको अध्यक्षका रूपमा सार्वजनिक रूपमा चिनिनुहुन्छ ।
टाटा ट्रस्ट्स सन् १८९२ मा स्थापना भएको थियो । यसले टाटा ब्रान्डअन्तर्गत आउने सूचीबद्ध फर्महरूको दैनिक कार्यमा कुनै भूमिका निर्वाह गर्दैन बरु आवास, स्वास्थ्य सेवा र शिक्षा परोपकारी संस्थाहरूलाई समर्थन गर्दछ ।
टाटा सन्स समूहको रणनीतिको जिम्मेबारीमा छ र हाल अध्यक्ष एन चन्द्रशेखरनको नेतृत्वमा छ । उहाँलाई सन् २०१७ मा नियुक्त गरिएको थियो ।
टाटा ट्रस्ट्स टाटा सन्सको सबैभन्दा ठूलो सेयरधारक भएकाले यसको अध्यक्षले प्रभावकारी रूपमा विशाल साम्राज्यको निरीक्षण गर्दछ र चन्द्रशेखरनले सम्भावित उत्तराधिकारी निर्णय गर्नमा महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १...

‘जनै हराएको मान्छे’ को पोस्टर सार्वजनिक

वीरगंज २२ असार । चलचित्र पत्रकार संघ नेपाल, पर्साले...

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...
neelambads

सिफारिस

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्धान...