राजनीतिसमाचार लेखेको विषयमा मेरा शुभचिन्तकले पत्रकारलाई धम्की दिनु गल्ती भयो, तत्काल सच्याउन...

समाचार लेखेको विषयमा मेरा शुभचिन्तकले पत्रकारलाई धम्की दिनु गल्ती भयो, तत्काल सच्याउन लगायौं : मन्त्री जयसवाल

पौस, २१ वीरगंज । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले पत्रकार जियालाल साहलाई धम्की दिएको विषयमा आफ्ना शुभचिन्तकले गल्ती गरेको स्वीकार्दै उक्त कार्यलाई तत्काल सच्याइएको बताएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री जयसवालले पत्रकारलाई धाकधम्की दिनु गलत रहेको स्पष्ट पार्दै आफूले त्यस्तो कार्यलाई समर्थन नगर्ने बताए । उनले गल्ती तुरुन्त सच्याउन निर्देशन दिएको दाबी गरे । मन्त्री जयसवालले भने, “गलत कुरालाई साथ नदिने हाम्रो सिद्धान्त हो । गलत काममा हामी संलग्न हुने कुरै आउँदैन ।”

साथै, उनले सिधाकुरामा अभियुक्तको रूपमा नाम आए पनि अदालतबाट सफाइ पाइसकेको दाबी गरे । तर, पर्सा जिल्ला अदालतको वेबसाइटमा भने ज्यान मार्ने उद्योग, डाँका, चोरी र आपराधिक उपद्रवको मुद्दा (नं. ०७९–सी१–०२१३) मा सजाय निर्धारण फाँट नं. २ मा पुस २१ अर्थात आज सुनुवाइ हुने उल्लेख रहेको छ ।

पत्रकार सम्मेलनमा मन्त्री जयसवालले एक लाख ५० हजार रुपैयाँ धरौटी तिरेको कुरा स्वीकार गर्दै उनले पत्रकारहरुले अदालतको वेबसाइटमा मुद्दा अझै चालु देखिएको उल्लेख गर्दा उनले अरू दोषीहरू समेत मुद्दामा संलग्न भएकाले आफ्नो नाम पनि देखिएको बताए । साथै, अदालतको विवरण अपडेट नभएको प्रतिक्रिया दिए ।

जयसवालले पत्रकार सम्मेलनमा अदालतको निर्णयको छोटकरी विवरण प्रस्तुत गर्दै तथ्य ठोस प्रमाणबाट पुष्टि नभएकाले आफू सफाइ पाएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गाउँपालिकामा आएका बेला हजारौं समर्थक र कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेको देखेर विपक्षीहरू आत्तिएको र दुष्प्रचारमा उत्रिएको आरोप लगाए । उनले विरोधीहरूको प्रचारलाई खण्डन गर्दै आफ्नो पक्षमा जनसमर्थन रहेको दाबी गरे ।

प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

नागरिकको अधिकार बारे सजग गराउँदै कानूनको दायरामै ल्याएर काम गराउने तर्फ अग्रसर छौं

पछिल्लो समय सरकारी निकायबाट प्रदान गरिने सेवामा ढिलासुस्ती गर्दै...

आपराधिक पृष्ठभूमिका जयसवाल दाजुभाईले पत्रकार जियालाल साहलाई दिलाए धम्की

पौष, २० वीरगंज । सिधाकुरा डट कमका पर्सा संवाददाता...

बारामा तस्करीको लाईन चलाउँदै सशस्त्रका एसपी, प्रहरी संगठनकै कर्मचारी मार्फत असुली

कात्तिक, ३० बारा । खुल्ला सिमानाकाको फाईदा उठाउँदै तस्करहरुको...

२५ लाख मूल्य बराबरको चाँदीको गहनासहित दुईजना पक्राउ

वीरगंज, ९ कात्तिक । जिल्ला प्रहरी कार्यालय, बाराले २५ लाख...

सिफारिस

छोरा फेल भएपछि आमरण अनसनमा बस्ने चेतावनी

सिराहा, १४ मंसिर । सिरहाको गोलबजार नगरपालिकाले मंसिर ९ गते लिएको परीक्षामा छोरा फेल भएपछि पत्रकार गणेशप्रसाद साहले परीक्षा रद्दको माग गर्दै आमरण अनसनको चेतावनी...

लामो संघर्षपछि नेपालमा पहिलो समलैंगिक विवाहको दर्ता

काठमाडौं, १३ मंसिर । नेपालमा पहिलोपटक समलैंगिक विवाह औपचारिक रूपमै दर्ता भएको छ । नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरूङबीचको विवाहलाई...

ठोरीमा पर्सा प्रहरीद्वारा १० कठ्ठा गाँजा खेती फँडानी

वीरगंज, १३ मंसिर । पर्सा प्रहरीले ठोरीमा रोपिएको दश कठ्ठामा क्षेत्रफलको गाँजा खेती फडानी गरेको छ । आज दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक...