समाचारयथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

काठमाडौं, ३ फागुनः/ रासस सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरुको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू सङ्घीय संसद्का दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति भएको छ ।
चाँडोभन्दा चाँडो अध्यादेश पारित गराउन प्रक्रियागत काम अविलम्ब अगाडि बढाउन बैठकमा सहमति भएको गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ ।
“आज हाम्राबीच भएका सहमतिअनुसार अध्यादेश अगाडि बढ्छ । सकारात्मक रुपमा यो विषय टुङ्गोमा पुग्छ”, बैठकपछि संवाददातामाझ उहाँले भन्नुभयो ।
एक प्रश्नको जवाफमा उहाँले जनता समाजवादी पार्टी नेपाल(जसपा)का नेताहरुसँग पनि सहमति जुटेको जानकारी दिनुभयो । सबै अध्यादेश प्रतिस्थापन गर्नुपर्ने भएकाले दलहरुबीचको छलफलपछि सबैको भावना समेटेर प्रक्रिया प्रारम्भ हुने उहाँको कथन थियो ।
बैठकमा सरकार र संसद्का कामको प्रभावकारिताका बारेमा पनि छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

प्रहरी प्रमुखमा दीपक थापालाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं, ४ चैत/ मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी प्रमुखमा दीपक...

होली खेल्ने विषयमा विवाद हुँदा युवकको मृत्यु

धनुषा, ४ चैतः होली खेल्ने विषयमा विवाद हुँदा यहाँ...

बाराबाट लागूऔषधसहित दुईजना पक्राउ, दुईजना फरार व्यक्ति पक्राउ

वीरगंज, २९ फागुन । इलाका प्रहरी कार्यालय सिम्रौनगढको गस्ती...

वृद्धवृद्धा आश्रमलाई दैनिक उपभोग्य सामग्री सहयोग

वीरगंज, २८ फागुन । उपकार सेवा नेपालले हरेक महिना...

अग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया

पर्सा,२८ फागुन : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार...

सिफारिस

प्रहरी प्रमुखमा दीपक थापालाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं, ४ चैत/ मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी प्रमुखमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले थापालाई...

होली खेल्ने विषयमा विवाद हुँदा युवकको मृत्यु

धनुषा, ४ चैतः होली खेल्ने विषयमा विवाद हुँदा यहाँ एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही...

संक्रमणकालीन न्याय टुंग्याउन ढिलाइ गम्भीर परिणामको संकेत : सांसद ढकाल

काठमाडौं २ चैत । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपालमा संक्रमणकालीन न्याय टुंग्याउने कार्यलाई प्राथमिकता दिन सरकार र पूर्व विद्रोही पक्ष नेकपा (माओवादी...