समाचारनेपाल चिनाउन टेक्ससमा ‘नेपाल उत्सव’

नेपाल चिनाउन टेक्ससमा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका), ५ फागुनः टेक्ससको राजधानी अस्टिनमा आइतबार नेपाल उत्सव (नेपाल डे परेड) मनाइएको छ । नेपाली कला, संस्कृतिको प्रदर्शन गरी नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाउन टेक्ससमा विभिन्न सामाजिक संस्थाले नेपाल डे परेडको आयोजना गरेका हुन् ।
कार्यक्रममा सहभागी हुन ड्यालस, ह्युस्टन, लबक, सानान्टनियोबाट दर्जनौँ नेपाली अस्टिन आइपुगेका थिए । अस्टिनको हट्टोसिटी भवन प्राङ्गणमा जम्मा भएका नेपालीहरू मौलिक पोशाकमा सजिएर सांस्कृतिक झाँकी, ढिकीजाँतो, नेपाली मठमन्दिरलगायत कलात्मक प्रदर्शनीसहित परेडमा सहभागी भएका थिए ।
नेपाल डे परेडको मुख्य आकर्षण नेपाली पन्चेबाजा रहेको थियो । नेपाली पन्चेबाजाको धुनमा ‘यो नेपाली शीर उचाली…..’ गीत घन्किँदा परेडमा सहभागी नेपालीहरू छमछमी नाचेका थिए । परेडका क्रममा प्रदर्शन गरिएको कला र संस्कृति स्थानीय अमेरिकी समुदायले रुचिपूर्वक अवलोकन गरेका थिए । नेपालीलाई हौसला दिन अस्टिनस्थित हट्टोसिटीका मेयर माइक स्नाइडरलगायत स्थानीय जनप्रतिनिधि, युलेश सिटीका उपमेयर टीका पौडल परेडमा नेपालीसँगै सहभागी भएका थिए ।
नेपाल डे परेडमा सहभागी अस्टिनस्थित हट्टो सहरका मेयर स्नाइडरले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै हट्टोसिटीमा बसोबास गर्ने संसारभरका मानिसहरुले हट्टो विविधतायुक्त सहर भएको धारणा व्यक्त गर्नुभयो । उहाँले हट्टोसिटीले संसारभरमा मानिस बसोबास गर्ने भएकाले हट्टोसिटीले बिभिन्न देशका २२ वटा भाषामा कार्यक्रम सञ्चालन गरिरहेको समेत बताउनुभयो ।
परेडपश्चात ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स)को प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा आयोजकका तर्फबाट ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष विदुर खतिवडा, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली समाज ह्युस्टनका सल्लाहकार द्रोण गौतम, युलेश सिटीका उपमेयर टीका पौडेलले नेपाली समुदायको यस्तो ऐतिहासिक जमघटले प्रवासी नेपालीहरूको आत्मसम्मान बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू...

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन...

मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

वीरगंज, २४ जेठ । वीरगंज महानगरपालिकाको मुर्लीचोक नजिक मोटरसाइकलको...

गोठबाट भन्सार छली चकलेट बरामद

वीरगंज २३ जेठ । भारतबाट अवैध रूपमा भित्र्याइएका चकलेट,...
neelambads

सिफारिस

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय तीन दिनका लागि...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले मंगलवार वीरगंज–१६ नगवा र नकटुवा गाउँमा छापामारी विद्युत् चुहावट गर्नेहरुमाथि कारबाही गरेको छ ।...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि प्रदर्शन गरेका छन् । ...