समाचारनेपाल रेडक्रस सोसाइटी पर्साको सभापतिमा बृजकिशोर पटेल

नेपाल रेडक्रस सोसाइटी पर्साको सभापतिमा बृजकिशोर पटेल

वीरगंज, ७ फागुन । नेपाल रेडक्रस सोसाइटी पर्साको सभापतिमा बृजकिशोर पटेल निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि बुधवार मतदान भएको हो ।यस पटक दुईवटा प्यानलबीच भीडन्त भएको थियोे । सभापतिमा वीरेन्द्रराज कँडेल र बृजकिशोर पटेलको प्यानलबिच नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा भएको नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराएका थिए । पर्सा शाखामा १३४ जना सभासद (मतदाता) रहेका छन भने ती मध्ये ग्रामीण भेगबाट १४ वटा उपशाखाहरू तथा महानगरपालिकाबाट ८ वटा उपशाखाहरू गरी कुल २२ वटा उपशाखाहरू छन् । सभापतिमा बृजकिशोर पटेल सँगै महिला उपसभापति मधु राणा, उपसभापतिमा भगवती प्रसाद चौधरी, मन्त्रीमा बिनोद गिरि, कोषाध्यक्षमा दया शंकर सिंह राजपुत, उपमन्त्री साबिर अहमद एराज, उपकोषाध्यक्ष पबित्रा गजुरेल तथा सदस्यहरूमा शिवनाथ प्रसाद यादव, दिनानाथ रौनियार, मदन प्रसाद सा कानु, जितेन्द्र कुमार वर्मा, बाबुनन्द प्रसाद चौरसिया, राजेश्वर प्रसाद चौरसिया,अलि असगर देवान तथा महिला सदस्यहरूमा कबिता खडका,मुना कुमारी खनाल,बबिता कुमारी कानु लगाएतकाहरू निर्वाचित भएका छन ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू...

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन...

मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

वीरगंज, २४ जेठ । वीरगंज महानगरपालिकाको मुर्लीचोक नजिक मोटरसाइकलको...

गोठबाट भन्सार छली चकलेट बरामद

वीरगंज २३ जेठ । भारतबाट अवैध रूपमा भित्र्याइएका चकलेट,...
neelambads

सिफारिस

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय तीन दिनका लागि...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले मंगलवार वीरगंज–१६ नगवा र नकटुवा गाउँमा छापामारी विद्युत् चुहावट गर्नेहरुमाथि कारबाही गरेको छ ।...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि प्रदर्शन गरेका छन् । ...