समाचारनेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान

नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान

१४ फागुन, काठमाडौँ । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई नेपाली विश्वविद्यालयमा पढ्न चाहेको खण्डमा आवेदन दिन आह्वान गरिएको छ । नेपालका विभिन्न तीन वटा विश्वविद्यालयहरूले सूचना जारी गर्दै नेपालमै क्रेडिट आवर ट्रान्सफर लिन खोजेको खण्डमा आवेदन दिन आह्वान गरेका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयले क्रेडिट आवर ट्रान्सफर गर्न दिने भन्दै सूचना जारी गरेका हुन् ।

केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्यालाई समाधान गर्न त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले जानकारी गराउन भनेका छन् । त्यस्तै काठमाडौँ विश्वविद्यालयले भने त्यसका लागि ओपन हाउस छलफलको आयोजना गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती विश्वविद्यालयहरूसँग समन्वय गरेर केआईआईटी विश्वविद्यालयबाट प्रभावित विद्यार्थीहरूले आफ्नो अध्ययनलाई निरन्तरता दिन नेपालमै क्रेडिट ट्रान्सफर नीति अनुसार त्रिवि र पूर्वाञ्चलमा शैक्षिक कार्यक्रमहरू सुचारु गर्न सक्ने शिक्षा मन्त्रालयले जनाएको छ ।

सम्बन्धित विद्यार्थी र अभिभावकहरूले थप जानकारीका लागि सम्बन्धित विश्वविद्यालयमा सम्पर्क गर्न सकिनेछ । त्यसका लागि त्रिभुवन विश्वविद्यालयको इमेल ठेगाना [email protected][email protected] तथा पूर्वाञ्चल विश्वविद्यालयका लागि [email protected] मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले फेब्रुअरी १६ मा होस्टेलको कोठामा झुन्डिएर आत्महत्या गरेकी थिइन । उनको न्यायको लागि आन्दोलन गर्दै आएका नेपाली विद्यार्थीमाथि दमन भएको थियो । उनीहरूलाई तत्काल होस्टेल तथा विश्वविद्यालय छोड्न निर्देशन दिइएको थियो । त्यसपछि बाध्य भएर सयौँको सङ्ख्यामा नेपाली विद्यार्थीहरू विश्वविद्यालय छोड्न बाध्य भएका थिए ।

अब तत्काल ती विश्वविद्यालयमा फर्किन नसक्ने वा नचाहने विद्यार्थीलाई बाँकी पढाई नेपालमै पुरा गर्न सकिने व्यवस्था गरिएको हो । नेपाल फर्किएका विद्यार्थीहरूले समेत नेपालमै क्रेडिट ट्रान्सफरको व्यवस्था गरिदिन अनुरोध गर्दै आएका छन् । सोही आधारमा शिक्षा मन्त्रालयले नेपाली विश्वविद्यालयहरूसँग छलफल गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू...

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन...

मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

वीरगंज, २४ जेठ । वीरगंज महानगरपालिकाको मुर्लीचोक नजिक मोटरसाइकलको...

गोठबाट भन्सार छली चकलेट बरामद

वीरगंज २३ जेठ । भारतबाट अवैध रूपमा भित्र्याइएका चकलेट,...
neelambads

सिफारिस

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय तीन दिनका लागि...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले मंगलवार वीरगंज–१६ नगवा र नकटुवा गाउँमा छापामारी विद्युत् चुहावट गर्नेहरुमाथि कारबाही गरेको छ ।...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि प्रदर्शन गरेका छन् । ...