समाचारसाथीको हत्या गरेको आरोपमा तीनजना पक्राउ

साथीको हत्या गरेको आरोपमा तीनजना पक्राउ

वीरगंज, १५ फागुन ।
जिल्ला प्रहरी कार्यालय पर्साले साथीको हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । सापटी रकम फिर्ता नदिने मनसायले हत्या भएको प्रहरीले जनाएको छ ।
उदयपुर घुर्मी बस्ने १९ वर्षका मुकेश प्रसाद यादव, १९ वर्षका अरूण कुमार यादव र मुना तिवारीलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
फागुन ११ गते आइतवारको साँझ ५ः३० बजे पर्सा जिल्लाको वीरगंज म.न.पा.वडा नं.२८ जगरनाथपुर ढाठ भन्दा करिब ५०० मिटर पश्चिम भेडैया खोलाबाट वीरगंज–२७ उदयपुर घुर्मी बस्ने जोगिन्द्र प्रसाद कुर्मीको छोरा वर्ष १९ को इशाल प्रसाद कुर्मीको शव खोलामा तैरिरहेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।
फागुन ७ गते साँझ इशाल वीरगंज काम गर्न जान्छु भनि घरबाट निस्किएका थिए र घर नफर्किएको पछि छोराको खोजतलासका लागि प्रहरीमा फागुन ८ गते निवेदन दिएको जिप्रका, पर्साले जनाएको छ ।
प्रहरीले खोजतलासको क्रममा शव भेटाएको थियो । प्रहरीले अनुसन्धानको क्रममा फागुन ७ गते ११ः३० बजे इशाल र छिमेकी साथीहरू तास खेल्ने क्रममा पैसाको विषयमा बादबिबाद हुँदा मुकेश प्रसाद यादव, अरूण कुमार यादव र मुना तिवारीले हत्या गरी भेडैया खोलामा फालेको जिप्रका, पर्साले जनाएको छ ।
पक्राउ परेका तीनैजनामाथि ज्यान सम्बन्धी कसूरमा छ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा...

हरियाली प्रवद्र्धनका लागि वीरगंजमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २० असार । वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश...

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि...

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले...

कालोबजारीको आरोपमा २५ लाखको सामग्रीसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले पोषण...
neelambads

सिफारिस

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा एकजना बङ्गलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको छ। वीरगंज–रक्सौलस्थित मितेरी पुल भएर...

हरियाली प्रवद्र्धनका लागि वीरगंजमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २० असार । वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति भरतपुर चितवन, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा वृक्षारोपण...

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि सरोकारवालाहरूबीच मंगलवार भएको छलफलमा लिखित प्रतिबद्धता जनाइएको छ । मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन...