समाचारयादवको हत्यामा संलग्न रहेका दोषीहरूमाथि कारबाईको माग

यादवको हत्यामा संलग्न रहेका दोषीहरूमाथि कारबाईको माग

वीरगंज, १९ फागुन । नेपाल पत्रकार महासंघ, पर्साको सभाकक्षमा आइतवार पत्रकार सम्मेलन गर्दै मृतक अनिल यादवका काका हरिन्द्र यादवले न्याय पाउनुपर्ने माग गरेका छन् ।
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुरका मृतक अनिल यादवका परिवारजनले दोषीहरूमाथि कारबाईको माग गर्दै पत्रकार सम्मेलन गरेका हुन् ।
गत माघ १३ गते छिपहरमाई गापा–२ नौगावा उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत अनिल यादवको हत्या भएको थियो । सोही विद्यालयमा अध्ययनरत विजय यादवकी छोरी उज्वाला भन्ने मृता कुमारीसँग प्रेम सम्बन्ध रहेको भन्दै केटी पक्षका आफन्तहरूले अनिललाई कुटपिट गरी हत्या गरेको पत्रकार सम्मेलन गरी हरिन्द्र यादवले आरोप लगाएका छन् ।
परिवारजनका अनुसार माघ १३ गते खाना खाएर कुखुराको औषधि किन्न वीरगंज आएका अनिल यादवलाई केटी पक्षका राजेन्द्र यादव, विनोद यादव, विजय यादव तथा हिरा साह सोनारको आदेशमा उज्वालालाई प्रयोग गरी वीरगंज महानगरपालिका–२४ रामगढवा मोहन साह तेलीको घरमा बोलाएको थियो । साँझ ५ बजे त्यहाँ पुगेका अनिललाई कोठामा थुनेर कुटपिट गर्नुका साथै धारिलो हतियारले प्रहार गरी हत्या गरिएको तथा घर नजिकैको पानी भरिएको खाल्डोमा फालेको प्रहरीलाई दिएको जाहेरीमा उल्लेख रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
छरछिमेकीहरूले अनिललाई खाल्डोबाट निकालेर एडभान्स मेडिकेयर अस्पताल लगेको र उनलाई एल.एस. न्यूरो अस्पतालमा चिकित्सकले मृत घोषित गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रहरीले घटना पश्चात अनिल यादव, विजय यादव, उज्वाला भन्ने मृता कुमारी तथा दिब्यानी कुमारीलाई पक्राउ गरेको थियो । मृतक अनिल यादवका परिवारजनले घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि पक्राउ गरी कारबाईको दायरामा ल्याउन माग गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा...

हरियाली प्रवद्र्धनका लागि वीरगंजमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २० असार । वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश...

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि...

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...
neelambads

सिफारिस

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, नौ रजत र २० कास्यसहित टिम उपविजेता भएको...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क भोजन वितरण कार्यक्रम ६० औं हप्तामा पनि जारी रहयो । हरेक शनिवार बिहान १० बजेदेखि...

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा एकजना बङ्गलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको छ। वीरगंज–रक्सौलस्थित मितेरी पुल भएर...