समाचारअन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम

वीरगंज, २३ फागुन । ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा -याली निकालिएको छ । सबै महिला तथा बालिकाका लागिः अधिकार, समानता र सशक्तीकरण भन्ने नारासहित आयोजित -याली घण्टाघरबाट निस्किएर नगर परिक्रमा गरेर पुनः घण्टाघरमै आएर टुंगिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्सा, नारायणी अस्पताल, ओसीएमसी पर्सा, माइती नेपाल, आफन्त नेपाल, आवर संसार, दलित महिला संघ, सानो पाइला, सहयात्री समाज, आमा नेपाल फाउन्डेशन लगायतका संघसंस्थाको सहकार्यमा सम्पन्न गरिएको थियो ।
वीरगंज महानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा वीरगंजको घण्टाघर चोकमा आयोजित कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले महिला हिंसा गर्ने व्यक्तिलाई खोजी–खोजी कारबाई गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले एक महिनाभित्र चार जना महिला हिंसा गर्ने व्यक्तिलाई पक्राउ गरी कारबाईको दायरामा ल्याइएको जानकारी दिँदै समाजमा महिला हिंसा गर्नेलाई कारबाईको दायरामा ल्याउन आम नागरिकले पनि सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा एनजिओसिसी पर्साका अध्यक्ष इब्राहिम देवान, वीरगंज महानगरपालिकाको महिला शाखाका अधिकृत रञ्जना पण्डितलगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा वीरगंज महानगरपालिका वडा नम्बर ३ की सदस्य संगीता दास, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम,सानो पाइलाकी कार्यक्रम संयोजक शैलेश्वरी सिंह, साउथ सिटी हस्पिटल एवम् वीरगंज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाई,सामुदायिक प्रहरी कुमहालटोलका सचीव श्रवन बहादुर रायमाझी लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १...

‘जनै हराएको मान्छे’ को पोस्टर सार्वजनिक

वीरगंज २२ असार । चलचित्र पत्रकार संघ नेपाल, पर्साले...

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...
neelambads

सिफारिस

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्धान...