समाचारनेप्से परिसूचक लगातार गिरावट

नेप्से परिसूचक लगातार गिरावट

काठमाडौँ, २६ फागुनः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो छ दिनदेखि लगातार गिरावट देखिएको छ । गत हप्ता सोमबारबाट घट्न थालेको नेप्से परिसूचक आज पनि ओरालो देखिएको हो ।
आज २० दशमलव ६८ अङ्कको गिरावटपछि नेप्से परिसूचक दुई हजार ७५१ दशमलव ४२ को विन्दुमा कायम भएको छ । ३११ कम्पनीको एक करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर ८७ हजार १५६ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३७ करोड ८० लाख ५५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको अवस्था छ । सबैभन्दा धेरै ‘म्युचुअल फन्ड’ तीन दशमलव ०६, व्यापार एक दशमलव ६५, उत्पादन तथा प्रशोधन एक दशमलव १५, जलविद्युत् एक दशमलव १६ र लगानी एक दशमलव ५१ प्रतिशतले घटेको छ ।
त्यस्तै, बैङ्किङ शून्य दशमलव ४४, विकास बैङ्क शून्य दशमलव ७३, वित्त शून्य दशमलव ७०, होटल तथा पर्यटन शून्य दशमलव ९९, जीवन बिमा शून्य दशमलव ४१, लघुवित्त शून्य दशमलव ६३ र निर्जीवन बिमा समूह शून्य दशमलव ६८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल ‘रिइन्स्योरेन्स कम्पनी लिमिटेड’को रु ७३ करोड ५० लाख ९० हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ‘घलेम्दी हाइड्रो लिमिटेड’को ११ लाख ६३ हजार आठ सय ५५ कित्ता शेयर किनबेच भएको छ । रासस
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू...

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन...

मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

वीरगंज, २४ जेठ । वीरगंज महानगरपालिकाको मुर्लीचोक नजिक मोटरसाइकलको...

गोठबाट भन्सार छली चकलेट बरामद

वीरगंज २३ जेठ । भारतबाट अवैध रूपमा भित्र्याइएका चकलेट,...
neelambads

सिफारिस

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय तीन दिनका लागि...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले मंगलवार वीरगंज–१६ नगवा र नकटुवा गाउँमा छापामारी विद्युत् चुहावट गर्नेहरुमाथि कारबाही गरेको छ ।...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि प्रदर्शन गरेका छन् । ...