समाचारप्रदेश सरकारले पत्रकारिता क्षेत्रको प्रवद्र्धन गर्दैः मुख्यमन्त्री सिंह

प्रदेश सरकारले पत्रकारिता क्षेत्रको प्रवद्र्धन गर्दैः मुख्यमन्त्री सिंह

बर्दिबास, २७ फागुन मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकार पत्रकारिता क्षेत्रको विकास र प्रवद्र्धनका लागि प्रतिबद्ध रहेको बताएका छन। मंगलवार बर्दिबासमा सञ्चारिका समूह नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशन उदघाटन गर्दै उनले सीमित स्रोतसाधन भए पनि पत्रकारिता क्षेत्रको उन्नयनका लागि सरकार प्रयत्नशील रहेको उल्लेख गरे। मुख्यमन्त्री सिंहले पत्रकारलाई समाजको ऐना भन्दै सत्यतथ्य सूचना प्रवाहले राज्यका निकायलाई आत्मसमीक्षा गर्ने अवसर प्राप्त हुने बताए। साथै, उनले पत्रकारिता पेशामा सबै पक्षको सहयोग आवश्यक रहेको र विशेषगरी महिला पत्रकारलाई टिकाइ राख्न राज्यका निकाय र सामाजिक संस्थाको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिए। उनले स्वास्थ्य, शिक्षा र रोजगारीका अवसरमा महिलाको पहुँच बढाउन प्रदेश सरकार लागिपरेको जानकारी गराए। पत्रकारहरूलाई निष्पक्ष रहन आग्रह गर्दै उनले राजनीतिक पूर्वाग्रहबाट मुक्त रही पेसागत धर्म निर्वाह गर्नुपर्ने अपिल गरे। उक्त अवसरमा सञ्चारिका समूह मधेस प्रदेशकी अध्यक्ष सुनिता बराल, केन्द्रीय सदस्य सरोला दाहाल, जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी. लामिछाने, महासंघका मधेस प्रदेश अध्यक्ष श्याम वञ्जारा, उपाध्यक्ष अम्बिका दाहाल लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...