समाचारजलेश्वर भन्सारद्वारा आठ महिनामा दुई अर्ब राजस्व सङ्कलन

जलेश्वर भन्सारद्वारा आठ महिनामा दुई अर्ब राजस्व सङ्कलन

जनकपुर । जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालु आर्थिक वर्षको आठ महिनामा रु दुई अर्ब १५ करोड ५० लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्ष २०८१र८२ को फागुन महिनाको हालसम्ममा ८३।८९ प्रतिशत राजस्व सङ्कलन भएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी रामकुमार विकले जानकारी दिए । चालु आर्थिक वर्षमा वार्षिक रु चार अर्ब ५३ करोड ६२ लाख ९० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । तर कार्यालयले सो लक्ष्यको ४७।४१ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।

कार्यालयकाबाट प्राप्त विवरणअनुसार चालु आवको साउनमा ९२।१६, भदौमा ८३।८७, असोजमा ८७।५४, कात्तिकमा ७४।०२, मङ्सिरमा ८३।३६, पुसमा ७५।१४, माघमा ७४।७५ र फागुनको हालसम्ममा ८०।४४ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी विकले बताए ।

जलेश्वर भन्सार कार्यालय भिठ्ठामोड नाकाबाट आयात हुने सामग्रीमा कुल राजस्वमध्ये पेट्रोलियम पदार्थको योगदान ४९।१४ प्रतिशत रहेको छ । भारतको विहार राज्यको मोतिहारी र अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि जलेश्वर भिठ्ठामोडबाट आयात गरिने पेट्रोलियम पदार्थमा कमी आउँदा राजस्वको लक्ष्यमा कमी आएको उनले बताए ।

कार्यालयका अनुसार गत वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थ, कोइला, आलु र चुना आयातमा कमी आएको छ । जलेश्वर भन्सार कार्यालयबाट मुख्य आयात हुने सामग्रीमा पेट्रोलियम पदार्थ, कोइला, आलु, चामल, गहुँ, दलहन, तरकारी, फलफूललगायत रहेका सूचना अधिकारी विकले बताए। रासस

प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा...

हरियाली प्रवद्र्धनका लागि वीरगंजमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २० असार । वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश...

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि...

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...
neelambads

सिफारिस

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, नौ रजत र २० कास्यसहित टिम उपविजेता भएको...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क भोजन वितरण कार्यक्रम ६० औं हप्तामा पनि जारी रहयो । हरेक शनिवार बिहान १० बजेदेखि...

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा एकजना बङ्गलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको छ। वीरगंज–रक्सौलस्थित मितेरी पुल भएर...