समाचारनुन लिन नागरिकता अनिवार्य !

नुन लिन नागरिकता अनिवार्य !

काठमाडौं साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन खरिद गर्न सर्वसाधारणले अनिवार्य नागरिकता पेश गर्नुपर्ने भएको छ। लिमिटेडको हुम्ला शाखाबाट हरेक हप्ता मंगलबार बिक्री हुने नुनका लागि उपभोक्ताले नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने निर्णय गरेपछि नुन किन्न नागरिकता पेश गर्नुपर्ने भएको हो ।

नागरिकताको फोटोकपी गर्दा १० रुपैयाँ लाग्छ। लिमिटेडका हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले नुन लिने व्यक्ति नदोहोरिऊन् भनेर नागरिकताको प्रतिलिपि लिने गरेको बताए। वडाले सिफारिस गर्दा पनि हुने तर वडाध्यक्ष आवश्यक परेको बेला नभएको अवस्थामा पनि नुन वितरण गर्न नागरिकताको फोटोकपी पेश गर्ने गरिएको उनले बताए। यसरी नागरिकताको प्रतिलिपि पेश गरेपछि एकजनालाई १० केजी नुन बिक्री गर्ने गरिएको छ।

हाल लिमिटेडको गोदाममा एक हजार ३९५ क्विन्टल नुन मौज्दात छ। यो आर्थिक वर्षको एक हजार १०० क्विन्टल नुनमा हालसम्म हवाईमार्गबाट ५८२ क्विन्टल ढुवानी भइसकेको र बाँकी पनि ढुवानीको चरणमा रहेका कारण समस्या नहुने लिमिटेडले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू...

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन...

मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

वीरगंज, २४ जेठ । वीरगंज महानगरपालिकाको मुर्लीचोक नजिक मोटरसाइकलको...

गोठबाट भन्सार छली चकलेट बरामद

वीरगंज २३ जेठ । भारतबाट अवैध रूपमा भित्र्याइएका चकलेट,...
neelambads

सिफारिस

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय तीन दिनका लागि...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले मंगलवार वीरगंज–१६ नगवा र नकटुवा गाउँमा छापामारी विद्युत् चुहावट गर्नेहरुमाथि कारबाही गरेको छ ।...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि प्रदर्शन गरेका छन् । ...