समाचारअग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया

अग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया

पर्सा,२८ फागुन : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले अन्य लोकतान्त्रिक मुलुकमा जस्तै नेपालमा पनि अग्रिम जमानतको कानुन प्रबन्ध गर्न लागेको बताउनुभएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४९औंँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री चौरसियाले अग्रिम जमानतको कानुनी प्रबन्ध गर्नका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।
“अग्रिम जमानतको कानुन निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको छ”, उहाँले भन्नुभयो, “व्यापारी तथा व्यवसायीले उठाउँदै आउनुभएका जसोतसो मागलाई अग्रिम जमानतको कानुनले सम्बोधन गर्ने अपेक्षा लिएका छौँ ।”
मन्त्री चौरसियाले अग्रिम जमानतको कानुनले आर्थिक अपराध गर्नेलाई कैद सजायभन्दा पनि आर्थिक जरिवानालगायत पक्षलाई समेट्नेगरी बनाइने बताउनुभयो । “प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश हालसालै स्वीकृत भइसकेको छ”, उहाँले भन्नुभयो, “सो ऐनले पनि मुलुकको खस्किएको अर्थतन्त्रलाई उकास्ने अपेक्षा राखेका छौँ ।”
मन्त्री चौरसियाले मधेश आन्दोलनबाट सबैभन्दा धेरैक्षति वीरगञ्जको औद्योगिक तथा व्यापारिक क्षेत्रले भोगेको बताउनुभयो । “मधेश आन्दोलनका कारण सबैभन्दा धेरै क्षति वीरगञ्जको औद्योगिक र व्यापारिक क्षेत्रले बेहोर्नु प¥यो”, उहाँले भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा अवैध चोरीतस्करीलाई नियन्त्रण गरेर वैध व्यापारलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले भन्सार प्रशासनलाई पारदर्शी र व्यवस्थित गर्ने जमर्काे गर्दै आइरहेको बताउनुभयो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले व्यापारी र कर्मचारी दुवैमा आर्थिक अनुशासन कायम गरेमात्रै सुशासन कायम गर्न सकिने बताउनुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले सरकारको अव्यवहारिक कानुन र ऐनकै कारण वैधभन्दा पनि अवैध कारोबारले प्रश्रय पाइरहेकाले नियन्त्रण गर्न जरूरी रहेको आँैल्याउनुभयो ।
“सरकारले स्वदेशी उद्योग, व्यवसायसहित विदेशी लगानी प्रवर्द्धन गर्न उचित ऐन, कानुन र नीति दिन सकेको छैन”, उहाँले भन्नुभयो, “व्यवहारिक खालको कानुनको अभावमा मुलुकमा अवैध व्यापारले फस्टाउने मौका पाइरहेको छ । यसलाई तत्कालै नियन्त्रण गर्न जरूरी छ ।”
मधेश प्रदेश सांसद श्याम पटेलले सरकारले औद्योगिक वातावरण बनाएर उद्योगभन्दा फस्टाउने मौका दिनुपर्ने बताउनुभयो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले आर्थिक मन्दी र अन्य कारणले उद्योगी व्यवसायीको मनोबल खस्किएकाले उकास्ने खालको नीति अवलम्बन गर्न अनुरोध गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुवोधकुमार गुप्ताले मुलुकको अर्थतन्त्र खस्किएको व्यवसायलाई उकास्ने खालको नीति अवलम्बन गर्न अनुरोध गर्नुभयो ।
राससकर्मी लम्साल सम्मानित
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आफ्नो ४९औँ वार्षिक साधारणसभाको अवसरमा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समिति (रासस) वीरगञ्ज कार्यालय प्रमुख हिमाल लम्साललाई सम्मान गरेको छ ।
सङ्घले रासस वीरगञ्ज कार्यालय प्रमुख लम्सालले पत्रकारितामार्फत पर्सा–बारा क्षेत्रका उद्योग, वाणिज्य, अर्थ र विकाससँग सम्बन्धित विषयका साथै सामाजिक जीवनका समग्र पक्षमा सशक्त ढङ्गले उजागर गरेको भन्दै सम्मान गरेको हो ।
कानुन, न्याय र संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले सम्मानपत्रसहित गम्छा ओढाएर सम्मान गर्नुभयो । वार्षिक साधारणसभाको अवसरमा आर्थिक वर्ष २०८०/८१ मा भारततर्फ सबैभन्दा धेरै समान निर्यात गर्ने क्रमश: डाबर नेपाल, जगदम्बा स्टिल, हुलास स्टिललाई पनि सम्मान गरेको छ ।
त्यसैगरी आव २०८०/८१ मा तेस्रो मुलुकमा सबैभन्दा धेरै निर्यात गर्ने क्रमशः त्रिवेणी स्पिनिङ मिल्स, शिवशक्ति दालमिल उद्योग र मरियम लेदरलाई पनि सम्मान गरिएको छ । सङ्घले युवा उद्यमीतर्फ सुमित झुनझुनवाला, महिला उद्यमीतर्फ आकृति अग्रवाललाई पनि सम्मान गरेको छ । सङ्घमा दीर्घ सेवा गरेका पूर्व कर्मचारी अरूणकुमार बर्मा, हेमशङ्करलाल कर्ण र श्यामसुन्दर धामीलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ ।
त्यस्तै खुलकुद क्षेत्रमा योगदान पुर्‍याएको भन्दै करण यादवलाई पनि सम्मान गरेको थियो । सामाजिक सेवामा सक्रिय आशाकिरण केन्द्रलाई पनि सम्मान गरिएको थियो । रासस
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू...

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन...

मोटरसाइकलको ठक्करबाट साइकल यात्री घाइते

वीरगंज, २४ जेठ । वीरगंज महानगरपालिकाको मुर्लीचोक नजिक मोटरसाइकलको...

गोठबाट भन्सार छली चकलेट बरामद

वीरगंज २३ जेठ । भारतबाट अवैध रूपमा भित्र्याइएका चकलेट,...
neelambads

सिफारिस

अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस्, विद्यालय बन्द

वीरगंज, २७ जेठ । मधेसका जिल्लाहरमा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू बेहोस हुन थालेपछि बारा जिल्लाको कलैया उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय तीन दिनका लागि...

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले मंगलवार वीरगंज–१६ नगवा र नकटुवा गाउँमा छापामारी विद्युत् चुहावट गर्नेहरुमाथि कारबाही गरेको छ ।...

सुनचाँदीका गहनामा भ्याट लाग्ने भएपछि पर्साका व्यवसायीद्वारा विरोध

वीरगंज २५ जेठ । पर्साका सुनचाँदी व्यवसायीहरूले सरकारले चालू आर्थिक वर्षदेखि सुनचाँदीका गरगहनामा नयाँ मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि प्रदर्शन गरेका छन् । ...