समाचारठाराब स्ववियु निर्वाचनमा राजकुमार यादव विजयी

ठाराब स्ववियु निर्वाचनमा राजकुमार यादव विजयी

वीरगंज, १४ चैत । ठाकुरराम बहुमुखी क्याम्पसमा १६ वर्षपछि सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा राजकुमार यादव विजयी भएका छन् । लामो विवाद र तनावपछि बुधवारदेखि पुनः शुरू भएको मतगणनाको अन्तिम परिणाम अनुसार यादव नेतृत्वको समूहले निर्णायक जित हासिल गरेको हो। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट असन्तुष्ट हुँदै स्वतन्त्र नेपाल विद्यार्थी समूह बनाएर निर्वाचनमा भाग लिएका यादवले नेविसंघकै आधिकारिक उम्मेदवार विकास मण्डल धानुकलाई ४६२ मतको फराकिलो अन्तरले पराजित गरे । निर्वाचन अधिकृत दिलीप कुमार सिंहका अनुसार, यादवले १,११५ मत प्राप्त गर्दा धानुकले केवल ६५३ मतमा सीमित रहे । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनका हरि किशोर यादवले ५६२ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे भने सुधीर पटेल समूहका कमलेश कुमार यादव ४५० मतसहित चौथो स्थानमा रहे। ठाकुरराम क्याम्पसमा कूल १०,७२९ मतदातामध्ये ४,२९९ विद्यार्थीले मतदान गरेका थिए । राजकुमार यादवको जितले नेवि संघभित्रको आन्तरिक असन्तोष र विद्यार्थीहरूमा देखिएको नयाँ धारको समर्थनलाई पुष्टि गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा...

हरियाली प्रवद्र्धनका लागि वीरगंजमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २० असार । वीरगंज महानगरपालिकाको कार्यालय, राष्ट्रपति चुरे–तराई–मधेश...

श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि लिखित प्रतिबद्धता

वीरगंज, १७ असार । श्रीसिया नदी प्रदुषण नियन्त्रणका लागि...

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल...
neelambads

सिफारिस

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, नौ रजत र २० कास्यसहित टिम उपविजेता भएको...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क भोजन वितरण कार्यक्रम ६० औं हप्तामा पनि जारी रहयो । हरेक शनिवार बिहान १० बजेदेखि...

मितेरी पुलबाट बङ्गलादेशी नागरिक पक्राउ

वीरगंज २१ असार । नेपालबाट भारत प्रवेश गर्ने क्रममा एकजना बङ्गलादेशी नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको छ। वीरगंज–रक्सौलस्थित मितेरी पुल भएर...