समाचारराजावादीहरुको प्रदर्शन, तीनकुने तनावग्रस्त

राजावादीहरुको प्रदर्शन, तीनकुने तनावग्रस्त

काठमाडौं, १५ चैत । राजसंस्था पक्षधरको आन्दोलनका कारण काठमाडौंको तीनकुने क्षेत्र शुक्रवार तनावग्रस्त भएको छ । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गर्दै प्रहरीको घेरा तोडेर नयाँ बानेश्वरतर्पm अगाडि बढ्न खोज्दा अवस्था तनावग्रस्त बनेको हो । त्यसक्रममा प्रहरीले प्रदर्शनकारीहरूमाथि अश्रुग्याँस र पानीको फोहोरा हानेको थियो । राजावादीहरूको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा पाँचजना घाइते भएका छन् । उनीहरूको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । राजावादीहरू प्रहरीको घेरा तोडेर निषेधित क्षेत्रतर्पm प्रवेश गर्न खोजेपछि झडप उत्पन्न भएको हो । त्यसक्रममा प्रहरीले शुरूमा लाठी प्रहार गरेको थियो भने राजावादीहरू नरोकिएपछि अश्रुग्याँस प्रहार गरेको थियो । राजावादीहरूले कार्यक्रम आयोजना गर्न बनाइएको मञ्च लक्षित गर्दै प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि मञ्चमा रहेका नेताहरू तितरबितर भएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्

ताजा अपडेट

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा...

छोरीलाई पटक–पटक करणी गरेको आरोपमा पिता पक्राउ

वीरगंज, ९ वैशाख । छोरीलाई पटक–पटक करणी गरेको आरोपमा...

एमाले वीरगन्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा

वीरगंज, १० वैशाख । नेकपा (एमाले) वीरगन्ज महानगर कमिटीको...

सिफारिस

शिक्षामन्त्रीमा पन्त नियुक्त

काठमाडौं, १० वैशाख/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का नेता रघुजी पन्त नियुक्त हुनुभएको छ । उहाँलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति...

नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ गति दिँदै भारतीय मन्त्री खट्टरको दुई दिने नेपाल भ्रमण सम्पन्न

काठमाडौं/ भारतका विद्युत् तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाई...

गुट्का–पानको फोहोर नियन्त्रण गर्ने सहमति

वीरगंज, १० वैशाख । वीरगंजमा जथाभावी पान, गुट्खा तथा सुर्तीजन्य पदार्थ सेवन गरी फोहोर नगर्ने व्यवस्था बनाउन पान व्यवसायी सहमत भएका छन् । वीरगंज...