मुख्य समाचारआगामी आर्थिक वर्षको राजस्व नीति सम्बन्धी बाराको सिमरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आगामी आर्थिक वर्षको राजस्व नीति सम्बन्धी बाराको सिमरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैशाख, ७ वीरगंज । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि राजस्व नीति तथा कार्यक्रमसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघ र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले सह–आयोजकको भूमिका निर्वाह गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूबीच आगामी वर्षको राजस्व नीतिलाई अझ प्रभावकारी, पारदर्शी र व्यवसायमैत्री बनाउने विषयमा गहन छलफल भएको थियो । निजी क्षेत्रले नीति निर्माण प्रक्रियामा सक्रिय सहभागिता जनाउने अवसर पाउनुपर्ने, व्यवसायलाई सहज वातावरण उपलब्ध गराउने नीतिहरू ल्याइनुपर्ने, कर संरचना स्पष्ट, स्थिर र विश्वसनीय हुनुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा करदाताहरूको विश्वास जित्न सक्ने खालका नीति आवश्यक रहेको, उद्योग व्यवसायलाई प्रत्यक्ष असर गर्ने कर सम्बन्धी निर्णयहरू पूर्वानुमान योग्य र परामर्शका आधारमा गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो । आयात–निर्यात व्यवसायमा देखिने जटिलता, दोहोरो करको समस्या, अग्रिम कर असहजता, र भन्सार तथा आन्तरिक राजस्वबीचको समन्वयहीनता समाधानका विषयमा व्यापारी प्रतिनिधिहरूले गम्भीर ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा राजस्व व्यवस्थापन समितिका सदस्य सचिव तथा राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्री, पूर्व मधेश प्रदेश सरकारका मन्त्री ओम प्रकाश शर्मा, उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल, आन्तरिक राजस्व विभागका महानिर्देशक पदम श्रेष्ठ, वीरगंज भन्सार कार्यालयका प्रमुख दीपक लामिछाने लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम राजस्व परामर्श समितिका संयोजक दिनेश कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको...

९ वर्षपछि संघीय निजामती सेवा ऐन संसदमा : मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

काठमाडौँ, असार १ । संविधान कार्यान्वयनको मेरुदण्ड मानिने...

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति...
neelambads

सिफारिस

पर्साका सबै अधुरा खानेपानी आयोजना साउनदेखि सञ्चालनमा आउने : मन्त्री प्रदीप यादव

जेठ, ११ वीरगंज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पर्सा जिल्लाका सबै अधुरा खानेपानी आयोजना साउन महिनादेखि सञ्चालनमा ल्याइने बताएका छन् । शुक्रबार पर्सागढी...

बहुदरमाईमा कालोपत्रे सडक निर्माण तीव्र, मेयर सिंगासन साहले गरे अनुगमन

जेठ, १ वीरगंज । बहुदरमाई नगरपालिका वडा नं. १ स्थित बिश्रामपुर गाउँ हुँदै भौराटार–डौकैलासम्मको मुख्य सडकमा कालोपत्र (पिच) तथा नाला निर्माण कार्य तीव्र गतिमा...

बहुदरमाई : सिसियाडी बैरियाको विद्यालयमा ४ कोठे भवन निर्माण थालियो, कक्षा १० सञ्चालनको अनुमति पनि प्रदान

बैशाख, १९  वीरगंज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिसियाडी बैरियामा नयाँ चार कोठे सुविधा सम्पन्न विद्यालय भवनको शिलान्यास...