समाचारमधेस प्रिमियर लिग : जनकपुर सनराइज र बलान बिहुल विजयी

मधेस प्रिमियर लिग : जनकपुर सनराइज र बलान बिहुल विजयी

सप्तरी, ७ वैशाख : मधेस प्रिमियर लिगअन्तर्गत आज छैटौँ दिन सम्पन्न भएको खेलमा जनकपुर सनराइज र बलान बिहुल विजयी भएको छ ।
सप्तरीको राजविराजस्थित खेल मैदानमा भएको पहिलो खेलमा कोशी दुहबी क्यापिटल र जनकपुर सनराइजबीच भएको खेलमा जनकपुरले दुहबीलाई एक सय ९८ रनले पराजित गरेको हो । यस्तै, दोस्रो खेलमा बलान बिहुलले काठमाडाँै रोयल्सलाई ६ विकेटले पराजित गर्दै विजयी भएको छ ।
पहिलो खेलमा टस जितेर दुहबीले जनकपुरलाई ब्याटिङ गर्न निम्तो दिएकामा जनकपुरले २० ओभरमा ५ विकेट गुमाएर दई सय ३५ रनको योेगफल बनायो । यस टोलीका विशाल सुश्लिंगले विष्फोटक ब्याटिङ गर्दै ८० रन जोडे । यसैगरी अर्का ब्याटर मयन यादवले ६६, विशाल पटेलले ४७ र आदिल खानले २५ रन बनाए ।
बलिङतर्फ साजनकुमार दासले ३ विकेट, नवीन यादव र आयुष रौनियार १/१ विकेट लिए । जवाफमा दुई सय ३६ रनको लक्ष्य लिएका दुहबीले ७ ओभर ४ बलमा ३७ रन मात्र बनाउन सक्यो । दुहबीका नवीन यादव र मोहम्मद सोहिल १५/१५ रनबाहेक ७ जना ब्याटरले खाता खोल्न सकेनन् ।
दुहबीलाई सस्तोमा आउट गर्न विपीन खत्रीले किफायती बलिङ गर्दै ४ विकेट, प्रदीप पासवान तीन, विशाल पटेलले २ तथा तुलबहादुर मगरले १ विकेट लिए । प्लेयर अफ दि म्याच विशाल सुश्लिंग घोषित भएको छ ।
यसैगरी आजै काठमाडाँै रोयल्स र बलान बिहुल सुपर किंगबीच भएको खेलमा टस जितेर काठमाडाँैले ब्याटिङ गर्दै १५ ओभर ४ बलमा सबै विकेट गुमाएर ६५ रन बनायो । जसमा मिलन बोहराले ११ र रूपेश सिंहले १० रनबाहेक अरु कुनै खेलाडीहरूले दोहोेरो अङ्क पार गर्न सकेनन् ।
बलिङतर्फ भुवन कार्की र अरनिकोप्रसाद यादवले उत्कृष्ट बलिङ गर्दै सामान्य ४÷४ विकेट हात पारेभने राशिद खान र विवेक यादवले १÷१ विकेट लिए । जवाफमा बलान बिहुल ७ ओभर ३ बलमा ४ विकेट गुमाएर विजयी भयो । जसमा ईमरान शेखले अविजित ३२ रन, लोकेश बमले १२ र विकास दासले ७ रन बनाए । बलिङतर्फ काठमाडाँैका नरेन साउदले ३ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच भुवन कार्की घोषित भए । रासस
प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको...

९ वर्षपछि संघीय निजामती सेवा ऐन संसदमा : मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

काठमाडौँ, असार १ । संविधान कार्यान्वयनको मेरुदण्ड मानिने...

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति...
neelambads

सिफारिस

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६ हजार हुण्डीको रकमसहित एक जना भारतीयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाईकल सहित एकजनालाई पक्राउ गरिएको जनाएको छ । असार ७ गते ५ बजे वीरगंज महानगरपालिका...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । असार ७ गते राति...