वीरगंज,१३ वैशाख/ नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवको अवसरमाव क्रिकसलपछि फुटसल समेत आयोजना भएको छ । वीरगंज–१६ नगवास्थित हाम्रो फुटसल ग्राउन्डमा आयोजित प्रतियोगितामा २० वटा टिम रहेका थिए । शुक्रवार र शनिवार गरी दुर्ई दिनमा आयोजित फुटसलको फाइनल विजेता लक्ष्मी सनराइज बैंक विजेता बनेको छ । फाइनलमा कामना सेवा विकास बैंकलाई ३ गोलको विरूद्ध ८ गोल गरी लक्ष्मी सनराइज विजयी भएको हो ।यसअघि आजै विहान भएको पहिलो सेमिफाइनल खेलमा राष्ट्र बैंकलाई पराजित गर्दै लक्ष्मी सनराइज बैंक र ग्लोबललाई कामना सेवा विकास बैंक पराजित गर्दै यी दुबै टिम फाइनलमा पुगको थिए । शुक्रवार लिग चरणको खेलहरू भएक थिए । अन्तर बैंक फुटसल प्रतियोगिताको उत्कृष्ट खेलाडी लक्ष्मीका मदन थापा र सर्वाधिक गोलकर्ता कामनाका अरूण महतो घोषित भएको नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका सहायक निर्देशक नरेश सर्राफले जानकारी गराए ।
प्रतिक्रिया लेख्नुहोस्