मुख्य समाचारबहुदरमाई : सिसियाडी बैरियाको विद्यालयमा ४ कोठे भवन निर्माण थालियो, कक्षा १०...

बहुदरमाई : सिसियाडी बैरियाको विद्यालयमा ४ कोठे भवन निर्माण थालियो, कक्षा १० सञ्चालनको अनुमति पनि प्रदान

बैशाख, १९  वीरगंज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिसियाडी बैरियामा नयाँ चार कोठे सुविधा सम्पन्न विद्यालय भवनको शिलान्यास गरिएको छ । ५५ लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त भवनको शिलान्यास आज बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिंगासन साह तेलीले गरेका हुन् ।

२०६३ सालमा कक्षा ५ सम्मको कक्षा सञ्चालन गर्दै स्थापना भएको विद्यालयलाई पछिल्लो समय आधारभूत तहसम्म विस्तार गरिँदै आएको थियो । २०८० सालमा कक्षा ९ को अनुमति प्राप्त गरेको विद्यालयले अब आगामी शैक्षिक सत्र २०८२ देखि कक्षा १० सञ्चालन गर्ने अनुमति समेत पाएको छ । मेयर साहले शिलान्यास कै अवसरमा विद्यालयलाई कक्षा १० सम्म पढाउन स्वीकृति दिने औपचारिक घोषणा गरेका हुन् ।

माध्यमिक तहको अनुमति, सिसियाडीका बालबालिकाका लागि ऐतिहासिक उपलब्धि

शैक्षिक संरचना अपूरो हुँदा कक्षा ८ पछि धेरै विद्यार्थी—विशेषगरी बालिकाहरूले पढाइ छोड्ने स्थिति रहँदै आएको थियो । कक्षा १० सम्मको अनुमति प्राप्त भएपछि विद्यार्थीलाई अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । अभिभावकहरूका अनुसार अब गाउँमै माध्यमिक तहसम्मको शिक्षा उपलब्ध भएपछि छोराछोरीको भविष्य सुरक्षित हुने भएको छ ।

वडा नं। २ का वडा अध्यक्ष जितेन्द्र पटेलले भने, “अब कम्तीमा नुनभात खाएर भए पनि छोराछोरीले पढ्न पाउने बेवस्था भएको छ । पहिला जस्तो पढ्ने सुविधा नभएर घरमै बस्नुपर्ने अवस्था हटेको छ ।”

आधुनिक प्रविधिसहितको कक्षा कोठा, विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्था

विद्यालयका प्रधानाध्यापक विजय कुमार साहका अनुसार यसअघि राष्ट्रपति शिक्षा सुधार कार्यक्रम, वडा कार्यालयबाट निमार्ण भएको भवन अहिले नगरपालिकाको संयुक्त लगानीमा निर्माण हुँदैछ । नयाँ भवनमा विज्ञान प्रयोगशाला, पुस्तकालय, अडिटोरियम तथा स्मार्ट बोर्डसहितको प्रविधियुक्त कक्षा कोठा निर्माण गरिने योजना छ । “हाल विद्यालयमा १५ वटा कम्प्युटरमार्फत विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा दिइरहेका छौं,” प्रधानाध्यापक साहले भने, “अब नव निर्माण भवनमा विज्ञान र प्रविधि केन्द्रित शिक्षाको थप विकास गरिनेछ ।”

बहुदरमाई नगरपालिकामा कन्या विद्यालय निर्माणको घोषणा

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सिंगासन साह तेलीले भने, “शिक्षा सुधारमा शिक्षक मात्र होइन, अभिभावक र सम्पूर्ण समुदायको समान भूमिका रहन्छ ।” उनले छोरीहरूको शिक्षामा बढ्दो सहभागीता देखिएको उल्लेख गर्दै नगरपालिकामा छोरीहरूका लागि छुट्टै कन्या विद्यालय निर्माण गर्ने घोषणा गरे ।

कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा नगरस्तरीय पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो ।

प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको...

९ वर्षपछि संघीय निजामती सेवा ऐन संसदमा : मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

काठमाडौँ, असार १ । संविधान कार्यान्वयनको मेरुदण्ड मानिने...

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति...
neelambads

सिफारिस

पर्साका सबै अधुरा खानेपानी आयोजना साउनदेखि सञ्चालनमा आउने : मन्त्री प्रदीप यादव

जेठ, ११ वीरगंज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पर्सा जिल्लाका सबै अधुरा खानेपानी आयोजना साउन महिनादेखि सञ्चालनमा ल्याइने बताएका छन् । शुक्रबार पर्सागढी...

बहुदरमाईमा कालोपत्रे सडक निर्माण तीव्र, मेयर सिंगासन साहले गरे अनुगमन

जेठ, १ वीरगंज । बहुदरमाई नगरपालिका वडा नं. १ स्थित बिश्रामपुर गाउँ हुँदै भौराटार–डौकैलासम्मको मुख्य सडकमा कालोपत्र (पिच) तथा नाला निर्माण कार्य तीव्र गतिमा...

विकासमा फड्को मार्दै बहुदरमाई नगरपालिका, कालोपत्र (पिच) र ढलानसंग जोडिदै मुख्य सडक

बैशाख, ७ वीरगंज । पर्साको बहुदरमाई नगरपालिका विकासमा फड्को मारेको छ । घाम लागेका बेला धुलाम्ये र वर्षामा हिलाम्ये हुने सडक कालोपत्र (पिच) र...