समाचारवैदेशिक रोजगारी सम्बन्धी मुद्दाका प्रतिवादी कुर्मी पक्राउ

वैदेशिक रोजगारी सम्बन्धी मुद्दाका प्रतिवादी कुर्मी पक्राउ

वीरगंज, ३१ बैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले वैदेशिक रोजगारी सम्बन्धी कसुर मुद्दाका एकजना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर २४ का ६८ वर्षीय सितारामप्रसाद कुर्मी रहेका छन् । उनीविरूद्ध वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा वैशाख ७ गते मुद्दा परेको थियो । सुरेश सिंह घिमिरेको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपकप्रसाद कुर्मीसमेत भएको वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा संलग्नमध्येका कुर्मीलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले बैशाख १७ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरेको थियो । पर्सा प्रहरीले खोजतलास गर्ने क्रममा कुर्मीलाई आफ्नै घरमा लुकीछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरी वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको...

९ वर्षपछि संघीय निजामती सेवा ऐन संसदमा : मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

काठमाडौँ, असार १ । संविधान कार्यान्वयनको मेरुदण्ड मानिने...

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति...
neelambads

सिफारिस

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६ हजार हुण्डीको रकमसहित एक जना भारतीयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाईकल सहित एकजनालाई पक्राउ गरिएको जनाएको छ । असार ७ गते ५ बजे वीरगंज महानगरपालिका...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । असार ७ गते राति...