समाचारवीरगञ्ज महानगरपालिका वडा नं. ११ र १३ को सिमाना क्षेत्रमा पर्ने नाला...

वीरगञ्ज महानगरपालिका वडा नं. ११ र १३ को सिमाना क्षेत्रमा पर्ने नाला व्यवस्थापन कार्य सुरु हुने, मेयर सिंहद्वारा अनुगमन

पर्सा – वीरगञ्ज महानगरपालिका वडा नं. ११ र १३ को सीमामा रहेको ठूलो नालाको व्यवस्थापनका लागि महानगरका मेयर राजेशमान सिंहले आज मिति २०८२ जेठ १३ गते बिहान ८:३० बजे स्थलगत अनुगमन गर्नुभएको छ।
स्थानीयवासीले लामो समयदेखि उठाउँदै आएको जलनिकासी समस्याको समाधान गर्न नाला व्यवस्थापन कार्य जेठ १४ गतेदेखि सुरु गरिने मेयर सिंहले जानकारी दिनुभयो। अनुगमनमा वडा नं. १३ का अध्यक्ष हिरा गिरि, वडा नं. ११ का अध्यक्ष अजय चौरसिया, वरिष्ठ पत्रकार जगदीश शर्मा, त्रिमूर्ति विकास समिति पदाधिकारीहरू, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका सचिव दिलीप प्रधान, तथा सामुदायिक प्रहरीका प्रमुख सहायक सोनलाल साहको सहभागिता रहेको थियो।
नालाको अतिक्रमण, फोहोर तथा अनियमित प्रवाहका कारण वर्षायाममा पानी जम्ने, स्वास्थ्य समस्या र बाढीको जोखिम बढ्दै गएकाले यसलाई व्यवस्थित गर्न निर्णय गरिएको हो।
मेयर सिंहले सबै सरोकारवाला पक्षहरूलाई समन्वयमा रही समयमै काम सम्पन्न गर्न निर्देशन दिनुहुँदै, स्थानीय तहको सक्रिय सहभागिताले मात्र समस्या समाधान सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।
प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको...

९ वर्षपछि संघीय निजामती सेवा ऐन संसदमा : मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

काठमाडौँ, असार १ । संविधान कार्यान्वयनको मेरुदण्ड मानिने...

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति...
neelambads

सिफारिस

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६ हजार हुण्डीको रकमसहित एक जना भारतीयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाईकल सहित एकजनालाई पक्राउ गरिएको जनाएको छ । असार ७ गते ५ बजे वीरगंज महानगरपालिका...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । असार ७ गते राति...