समाचारस्रोत नखुलेको १२ लाख नगदसहित दुईजना पक्राउ

स्रोत नखुलेको १२ लाख नगदसहित दुईजना पक्राउ

वीरगंज, १९ जेठ । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको १२ लाख नगदसहित दुईजना पक्राउ गरेको जनाएको छ ।
वीरगंज–२१ परवानीपुर चौकमा आइतवार दिउंसो २ः३० बजे प्रहरी चौकी परवानीपुर पर्सा टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा मधेश प्रदेश ०३–०२९ प ४९७४ नम्बरको पल्सर मोटरसाइकलमा सवार जिल्ला पर्सा पकाहामैनपुर गाउँपालिका वडा नं. २ बस्ने वर्ष २५ को सुरेश कुमार बर्णवाल र भारत विहार जिल्ला बेतीया बकुलहर बस्ने वर्ष १९ को सत्यम कुमारलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको जनाएको छ ।
बर्णवालले भिरेको कालो रंगको ब्यागभित्र राखिएको नेपाली रू. १००० दरका नोट ७७१ थान गरी जम्मा रू.सात लाख एकहत्तर हजार र रू.५०० दरका नोट ८५८ थान गरी चार लाख उनन्तीस हजार गरी जम्मा बाह्र लाख फेला परेको जिप्रका, पर्साले जनाएको छ ।
उनीहरू विरूद्द मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोवार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट तीन दिने म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिप्रका, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको...

९ वर्षपछि संघीय निजामती सेवा ऐन संसदमा : मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

काठमाडौँ, असार १ । संविधान कार्यान्वयनको मेरुदण्ड मानिने...

देश समृद्ध बनाउन आयातित वाद होइन, नेपालवाद चाहिन्छ – सभापति पन्त

वीरगंज, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति...
neelambads

सिफारिस

तीन लाख ४६ हजार हुण्डी रकमसहित भारतीय पक्राउ

वीरगंज, ८ असार । स्रोत नखुलेको ३ लाख ४६ हजार हुण्डीको रकमसहित एक जना भारतीयलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ...

मोटरसाइकल चोरीको आरोपमा सहनी पक्राउ

वीरगंज, ८ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाईकल सहित एकजनालाई पक्राउ गरिएको जनाएको छ । असार ७ गते ५ बजे वीरगंज महानगरपालिका...

पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पति पक्राउ

वीरगंज, ९ असार । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । असार ७ गते राति...