समाचारसिम्रौनगढ नगरपालिकाको ६७ करोडभन्दा बढीको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधार प्राथमिकतामा

सिम्रौनगढ नगरपालिकाको ६७ करोडभन्दा बढीको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधार प्राथमिकतामा

कलैया, ०८ असार — बाराको सिम्रौनगढ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड ७१ लाख ३१ हजार ५८ रुपैयाँको नीति, कार्यक्रम तथा बजेट आइतबार सार्वजनिक गरेको छ।
नगरपालिकाको १०औं नगरसभाबाट उप–प्रमुख नजमु शेहरले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिइएको जानकारी दिइन्।
उक्त बजेटमा नेपाल सरकारबाट प्राप्त हुने विभिन्न शीर्षकका अनुदानहरू समावेश छन्। संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान १३ करोड १० लाख, राजस्व बाँडफाँड ११ करोड ३५ लाख ९८ हजार ५८, सशर्त अनुदानहरू गरी करिब ३४ करोड १९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
प्रदेश सरकारबाट पनि करिब २ करोड ४१ लाख रुपैयाँ बराबरका अनुदान प्राप्त हुने उल्लेख गरिएको छ।
यस्तै, नगरपालिकाको आन्तरिक श्रोतबाट मालपोत कार्यालयमार्फत ६५ लाख, आन्तरिक राजस्व ३ करोड ९९ लाख ९२ हजार र गैर–सरकारी संघसंस्था तथा दातृ निकायबाट २ करोड रुपैयाँ जुटाउने योजना रहेको छ।
नगर प्रमुख किशोरी साह कलावारको अध्यक्षतामा सम्पन्न नगर सभामा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाले गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १...

‘जनै हराएको मान्छे’ को पोस्टर सार्वजनिक

वीरगंज २२ असार । चलचित्र पत्रकार संघ नेपाल, पर्साले...

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...
neelambads

सिफारिस

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्धान...