समाचारपटेर्वा सुगौली गाउँपालिकाको ४१ करोडको बजेट सार्वजनिक

पटेर्वा सुगौली गाउँपालिकाको ४१ करोडको बजेट सार्वजनिक

वीरगंज ९ असार । पटेर्वा सुगौली गाउँपालिकाको १५औँ गाउँसभा सोमबार गाउँपालिकाको सभाहलमा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।
सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४१ करोड १४ लाख ७४ हजार ६२३ रुपैयाँको अनुमानित बजेट उपप्रमुख ममता महतोले प्रस्तुत गरिन् । सभामा विगत वर्षको समिक्षासहित आगामी वर्षका नीति तथा कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, वडाध्यक्षहरू फरमान मियाँ, बिजय गैरे, माधव राउत थारु र बाशु पञ्जियार थारु, कार्यपालिका सदस्यहरू, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियाे ।
कार्यक्रममा कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट माछा पालक, तरकारी उत्पादक र दुग्ध उत्पादक किसानहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
सर्पदंश उपचार र रेबिज भ्याक्सिन सेवा घोषणा अध्यक्ष दिनेश चौधरीले गाउँपालिकाद्वारा सञ्चालित आधारभूत अस्पतालमा सर्पदंश उपचार र रेबिज विरुद्धको खोप सेवा सुरु गरिने घोषणा गरेका थिए । यसका साथै, तीन तहको सरकारका कारण बजेट विनियोजनमा फरक परे पनि विकासमा गति ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भाथा धामसम्म पिच सडक निर्माण योजना
चौधरीले पर्सा जिल्लाको एक मात्र प्रमुख पर्यटकीय स्थल भाथा धामसम्म पिच सडक निर्माण गर्ने बहुवर्षीय योजना अगाडि सारे । यो परियोजनाले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।
१. उद्यम र स्वरोजगार: ‘एक गाउँ, एक उद्यम’ कार्यक्रममार्फत स्थानीय उद्यमशीलता विकासमा जोड ।
२. शिक्षा: ‘खेल्दै सिक्दै’ कार्यक्रमलाई प्रवर्द्धन, प्राविधिक शिक्षामा प्राथमिकता, विषयगत शिक्षक व्यवस्थापन ।
३. स्वास्थ्य सेवा: आधारभूत अस्पताल सञ्चालनमा ल्याइने, स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता, रिफरल सेन्टरका रूपमा कार्यान्वयन ।
४. कृषि विकास: सिँचाइ सुविधा, कृषि पोल, तार, ट्रान्सफर्मर, कोल्ड स्टोरसहितको आधुनिक कृषि बजार, अर्गानिक खेतीमा जोड, पशु बीमा कार्यक्रम ।
५. राजस्व र सुशासन: आन्तरिक राजस्व वृद्धि र बेरुजु न्यूनीकरणमा प्राथमिकता ।
६. पूर्वाधार विकास: गाउँपालिकाका मुख्य सडकहरू कालोपत्रे गर्ने योजना ।
यस बजेट र नीतिको सफल कार्यान्वयनले गाउँपालिकाको समग्र विकास र नागरिक जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १...

‘जनै हराएको मान्छे’ को पोस्टर सार्वजनिक

वीरगंज २२ असार । चलचित्र पत्रकार संघ नेपाल, पर्साले...

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...
neelambads

सिफारिस

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्धान...