समाचारजगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

जगरनाथपुर गापामा सार्वजनिक सुनवाइ

वीरगंज, १६ असार । जगरनाथपुर गाउँपालिकामा सोमवार सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय गर्दै स्थानीय नागरिकका गुनासा, सुझाव तथा जिज्ञासालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने उद्देश्यले जगरनाथपुर–३ स्थित गढैया स्कुलको मैदानमा कार्यक्रम भएको हो । जगरनाथपुर गापा कार्यपालिकाको कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको सार्वजनिक सुनुवाईमा स्थानीय सर्वसाधारणहरूले प्रशासन, सुरक्षा, सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा प्रश्न राखेका थिए । जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूले नागरिकका प्रश्नहरूको उत्तर दिएका थिए । गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्र, सशस्त्र प्रहरी बल पर्साका एसपी राधेश्याम धिमाल, नेपाली काङग्रेसका नेता प्रेम बहादुर थापा, उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडाध्यक्ष बिहारी मुखिया नुनिया, वीरगंज जेसिजका अध्यक्ष सरोज चौरसियालगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र सञ्चालन पत्रकार क्रान्ति साहले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्








ads
ads
ads
ads
ads
ads
ads
ads ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads

ताजा अपडेट

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १...

‘जनै हराएको मान्छे’ को पोस्टर सार्वजनिक

वीरगंज २२ असार । चलचित्र पत्रकार संघ नेपाल, पर्साले...

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता

काठमाडौँ, २२ असारः नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा...

अस्पताल परिसरमा निःशुल्क भोजन शिविरले गरीबहरुलाई राहत

वीरगंज २१ असार । वीरगंज समाज सेवाद्वारा संचालित निशुल्क...
neelambads

सिफारिस

टिकटकका कारण बुबाद्वारा छोरीको हत्या

रावलपिन्डी, २७ असार : लोकप्रिय भिडियो साझेदारी एप टिकटकमा आफ्नो खाता मेटाउन अस्वीकार गरेपछि एक बुबाले आफ्नी छोरीलाई गोली हानेर हत्या गरेको पाकिस्तान...

खानेपानी समस्याबारे सहकार्य र दीर्घकालीन समाधानमा जोड

वीरगंज, २६ असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको...

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्धान...